पुष २२। भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना गरिने भनिएको ‘भाइब्रेन्ट गुजरात समिट,स्थगित भएको छ ।ओमिक्रोन भेरियन्टका कारण गुजरात सरकारले समिट स्थगित गरेको भारतीय सञ्चार माध्यमहरुमा जनाइएको छ।

यो समिटमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा तयारि अवस्थामा रहेका थिए। कार्यक्रममा सहभागिता जनाउन यहि जनवरी ९ तारेख अर्थात पुस २५ गते भारत भ्रमणमा जाने कार्यक्रम तय भएको थियो ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा फैलि रहेको छ।भारतीय राष्ट्रिय कांग्रेस सहितका विपक्षी दलले भाइब्रेन्ट गुजरात समिट रोक्न माग गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x