धरान, पुष २०। प्रधानमन्त्री शेरबहादुर देउवा आज (मङ्गलबार) बिहान १० बजे धरान आईपुग्ने मेयर तिलक राईको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा हेलिकप्टर मार्फत आउने भएका हुन् । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले धरान २ स्थित रहेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नं। १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने पहिलो कार्यक्रम तय भएको छ ।
त्यसपछि धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने धरान ८ स्थित तीनकुने सुन्दर वस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

बसपार्क अवलोकन पश्चात प्रधानमन्त्री देउवाले धरान १२ स्थित निर्माण भएको प्राविधिक शिक्षालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ भने दिउँसो १ बजे धरान स्थापना दिवसको औपचारिक कार्यक्रम धरान १२ स्थित पब्लिक हाईस्कुलको प्रांगनमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको मेयरको सचिवालयले जनाएको छ ।

यसैगरी धरान स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले भोली सार्वजनिक विदा दिएको छ ।
गत पुष १४ गते बसेको कार्यपालिका बैठकले पुष २० गते “धरान डे”को अवसरमा धरान क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । धरानमा पुष २० गतेदेखि २३ गते तीन दिनसम्म धरान डे मनाउने निर्णंय गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x