धरान । प्रहरीले धरान १५ बाट ब्राउन सुगरसहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ ।

सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेपछि ईलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई सार्वजनिक गरेको हो । धरान १५ बाट हिजो बुधबार दिउसो १ बजे मनुषा तामाङ, सुजन धमला, अर्पण धमला र विधान आले मगरलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई आज लागुऔषध मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

प्रहरीका अनुसार विधानको घरमा लागुऔषधको कारोबार हुने गरेको सुचना प्रहरीले पाएको थियो । सोही सुचनाको आधारमा बुधबार प्रहरी टोली उनको घरमा पुग्दा विधानसँगै अन्य ३ जना फेला परेका थिए । कोठा खानतलासी गर्दा फ्रिज भित्र लुकाई राखेको अवस्थामा ११ ग्राम ब्राउन सुगर फेला परेको डिएसपी बस्नेतले जानकारी दिए । ब्राउन सुगरको कारोबारमा चारै जनाको संलग्नता रहेको प्रहरीको भनाई छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap