धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा भन्छन् प्रहरी बिना एकछिन् पनि बाँच्न नसकिने बताएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालयमा आयोजना भएको पत्रकार सम्मेलन तथा भेटघाट कार्यक्रममा बोल्दै थापाले सो कुरा बताएका हुन्।
थापाले आफू सुनसरीको प्रहरी प्रमुख भएर आएको १४ महिनामा निकै उपलब्धिमूलक कार्य भएको बताउँदै सडकमा खटेका प्रहरी अन्य प्रहरीले मात्र यति काम सम्भव भएको बताएका छन्। उनले उनीहरुले गरिको काम संकलन गर्ने र निर्देशन मात्र दिएको बताए ।
उनले १४ महिनाको अवधीमा एसपी थापाको पहलमा स्थानीय जग्गादाताहरूबाट १८ कठ्ठा १० धुर जग्गा प्रहरीको नाउँमा प्राप्त भएको हो । प्रहरीमा आवश्यक पर्ने भवन तथा चौकी निर्माणका लागि इलाका प्रहरी कार्यालय रामधुनीका लागि ५ कठ्ठा १० धुर, वडा प्रहरी कार्यालय रामधुनीका लागि ६ कठ्ठा, प्रहरी चौकी रामधुनीका लागि ३ कठ्ठा, इलाका प्रहरी कार्यालय सितागंजका लागि १ कठ्ठा र अस्थायी प्रहरी चौकी तनमुनाका लागि ३ कठ्ठा गरी कुल १८ कठ्ठा १० धुर जग्गा प्राप्त भएको जनाइएको छ ।

एसपी थापाको सरुवा भए पछि जानु अघि पत्रकार सम्मेलन गरी आफ्नो १४ महिने कार्यकालको प्राप्त उपलब्धिहरू सार्वजनिक गरेका छन् । एसपी थापाले आफ्नो कार्यकालमा गत वैशाख देखि यस वर्षको जेठ मसान्त सम्ममा राजस्व चुहावट नियन्त्रण तर्फ ३२ जनालाई पक्राउ गर्नुका साथै ३ करोड ५१ लाख १३ हजार ३ सय ४६ रुपैयाँ बराबरको सामान भन्सारमा बुझाएको बताएका छन्।
गत आर्थिक वर्षमा बुझाएको राजस्व भन्दा दोब्बरले एसपी थापाको कार्यकालमा राजस्व चुहावट नियन्त्रण गरेको उपलब्धिको उल्लेख गरिएको छ ।

प्रहरीले भौतिक पूर्वाधार निर्माण तर्फ ९ वटा आधुनिक भवनहरू निर्माण कार्य सम्पन्न भई सञ्चालनका लागि पूर्ण तयारीमा रहेको जनाइएको छ । एसपी थापाले आफ्नै कार्यकालमा सरकारको नीति अनुसारको विनियोजित बजेटमा भवन निर्माण कार्य सम्पन्न गरेको जानकारी दिए ।

उक्त सार्वजनिक कार्यक्रममा प्रहरी डिएसपी नगेन्द्र कुमार कार्की, इन्स्पेक्टरहरूमा सुभाष भट्टराई, जयदेव माझी, मिना देवी राई, नवराज खडका, विशाल लिम्बु विभिन्न सञ्चार क्षेत्र सँग आबद्ध सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
सुनसरीका डिएसपी नरेन्द्र कार्कीले समेत एसपी थापा कार्यरत हुँदा कार्य गर्न सहज भएको बताए भने पत्रकार मनोज भुजेलले पनि पत्रकारहरु सँग गर्ने व्यवहार पनि राम्रो भएको बताएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x