धरान, १ मंसिर । कथा वाचनलाई ‘ट्रेण्ड’ का रुपमा विकास गर्न सफल पछिल्लो समय नेपाली युवामाझ लोकप्रिय कथावाचक तथा उत्प्रेरक वक्ता साइग्रेस पोख्रेल धरानमा छन् ।


वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीका संघर्षको कथा भन्दै विश्व भ्रमणका लागि निस्किएका साइग्रेस सोमबार धरानमा देखिए । आईएमई ग्रुपको सहकार्यमा ‘नेपाल टुर’ मा निस्किएका उनको अहिलेको मुख्य ‘कन्टेन्ट’ श्रमका लागि विदेश गएका नेपाली कामदारको संघर्षको कथा र ‘रेमिट्यान्स’ भइरहेको विकासमा आधारित छ । धनगढीबाट सुरु भएको ‘वर्ड टुर विथ साइग्रेस’ पूर्वी नेपालका बिर्तामोड र धरानमा सम्पन्न भएको छ । १५ नोभेम्बरमा धरानमा उनको प्रस्तुतिमा युवाहरु उत्साहित देखिए ।


‘स्टोरीटेलर’ साइग्रेस ‘वर्ड टुर विथ साइग्रेस’ का क्रममा धरानको एकमात्र ‘एडिएचएम कलेज’ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज विधार्थीहरुले कार्यक्रम व्यवस्थापनमा विषेश भूमिका देखिएका थिए । आफ्नो धरान बसाइको अन्त्यमा प्राइम भिजनका विद्यार्थीलाई साइग्रेसले उत्प्रेरणामुलक कथा र जीवनका अनुभव बाँडे साथै कार्यक्रममा सफलता पूर्वक सम्पन्न गर्न सहयोग पुर्याए वापत प्राइम

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x