(धरान) धरान–१० स्थित प्राईम भिजन कलेजले माध्यमिक शिक्षा परीक्षा९एस।ई।ई।० उत्तीर्ण गरि एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट९एडिएचएम० र कक्षा(११ म्यानेजमेन्ट अध्ययन गर्न आएका नव आगन्तुक बिद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमको आयोजना गरि अभिमुखिकरण गरेको छ।


इटहरीको गोरखा होटलमा कलेजका कोअर्डिनेटर अनिल श्रेष्ठ, अपरेसन म्यानेजर अभिषेक श्रेष्ठ, काउन्सलर मधुसुदन कोइराला, एडमिनिष्ट्रेटिभ इन्चार्ज विशाल शन्कर लगायतले बिद्यार्थीहरुलाई कलेजमा अध्ययन गर्नुपर्ने बिषयबस्तु, कलेजको शैक्षिक वातावरण, कलेजमा पालना गर्नुपर्ने नियमहरु आदिको बारेमा जानकारी गराए।

कलेजमै अध्ययनरत विद्यार्थी प्रकाश राईले कलेजमा घरको जस्तै अनुभूति भएको र शिक्षकहरु पनि फ्रेन्ड्ली भएको हुदा ग्रुपिज्म नगरी सबैसङ्ग एउटै घर परिवार जस्तै ब्यबहार गर्न नव आगन्तुक बिद्यार्थीहरुलाई आग्रह गरे।त्यस्तै अर्कि छात्रा अन्जना राईले कलेजमा हस्पिटालिटी सम्बन्धी नै अध्ययन गरिने हुनाले सबैले एक(आपसमा सम्मान र सत्कार गर्न सिक्नुपर्ने बताईन।

नेपाल पत्रकार महासङ्घ सुनसरीका सह(सचिब भोला श्रेष्ठले प्राइम भिजन कलेजले छोटो समयमा धरानको शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउदै नव आगन्तुक बिद्यार्थीहरुलाई सफलताको शुभकामना ब्यक्त गरे।कलेजको तर्फबाट बिद्यार्थीहरुलाई एक(एक सेट पुस्तक, झोला, ट्याब्लेट र किचन किट प्रदान गरिएको थियो।कार्यक्रममा छात्र सन्देस पाल्पाली र छात्राअम्बिका लिम्बुले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सन्चालन कलेजका लेखापाल रोस्मिता श्रेष्ठले गरेकी थिइन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x