बराहक्षेत्र (संगम बिस्ट)।  सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स्थित प्राथामिक स्वास्थ्य केन्द्र चतराले स्वास्थ्य सेवा बृद्बि र भौतिक संरचना निर्माणका लागि योजना प्रस्तुत गरेको छ ।जेष्ठ २८ गते बसेको व्यवस्थापन समितिको बैठकले आर्थिक बर्ष २०७८/०७९ का लागि स्वास्थ्य औजार उपकरण र भौतिक संरचना निर्माणका लागि बजेटको माग गरेको हो ।

स्बास्थ्य केन्द्रमा आवश्यक रहेको स्वास्थ्य केन्द्र उपकरणहरु लगभग २ लाख मूल्य पर्ने प्रयोगशाला माईक्रोस्कोप एक थान, लगभग २० लाख मूल्य पर्ने डिजिटल एक्सरे सिआर मेसिन सहित एक थान लगभग ७ लाख मूल्य पर्ने डेन्टल उपकरणहरु एक सेट , लगभग २१ लाख पर्ने कलर डोप्लर थ्रिडि भिडियो एक्सरे मेसिन एक थान , लगभग २५ लाख लाग्ने वार्ड (बिरामी भर्ना कक्ष) निर्माण , लगभग ३५ लाख लाग्ने मुख्य भवन माथि ट्रष्ट निर्माण योजनामा बजेटको माग वडा कार्यलय , नगरपालिकाको कार्यलय र प्रदेश सरकारमा पत्रचार गरेर योजना माग गरिएको कार्यलय प्रमुख स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डाक्टर अन्जु थापाले बताइन ।

सार्वजनिक बिदाको दिन समेत बिहान ७ बजे देखि बेलुकी ८ बजे सम्म निशुल्क ओ पी डी सेवा, २४ सै घण्टा ईमरजेन्सी, ल्याब, फार्मेसी, एक्सरे, भिडियो एक्सरे, प्रसुती सेवा लगाएतका सरकारी नियमित सेवाहरु, स्त्री तथा प्रसुती रोग बिशेषज्ञ सेवा, हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ सेवा, बालरोग बिशेषज्ञ सेवा, मेडिसिन ग्यास्ट्रोईन्टेरोलोजी बिशेषज्ञ सेवा, आखाँ उपचार सेवा, फिजियोथेरापी सेवा तथा अन्य स्वास्थ्य सेवाहरु दिदै आएको छ ।

नेपाल सरकारद्वारा १५ शैयाको आधारभुत अस्पतालमा स्तरोन्नतिका लागि सुचिकृत भई यसै आर्थिक बर्ष २०७७/०७८ बाट १५ शैयाको आधारभुत अस्पताल भवन निर्माण प्रक्रिया समेत सुरु भईसकेको प्राथमिक स्वास्थ्य केन्द्र चतरामा सुनसरी बराहक्षेत्र नगरपालिका, भोजपुर, उदयपुर तथा धनकुटा जिल्लाका समेत सेबाग्राहि गरेर दैनिक १ सय ५० देखि २ सय सम्म सेवाग्राहीहरु आउने गर्दछन् ।

हाल बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको माहामारीमा नियन्त्रणमा स्वास्थ्य सेवालाई संघीय, प्रादेशिक तथा स्थानीय सरकारले प्रथम प्राथामिकता पनि स्वास्थ्य क्षेत्र नै रहेको हुदा थप गुणस्तरीय सेवा नियमित रुपमा उपलब्ध गराउन स्वास्थ्य औजार उपकरण तथा निर्माण कार्यहरु आवश्यक रहेकाले योजना माग गरिएको प्रथामिक स्वास्थ्य केन्द्र चतराका म्यानेजिङ्ग डाइरेक्टर डाक्टर अनिल गिरिले बताए ।

हाल स्वास्थ्य केन्द्रमा नेपाल सरकारबाट १० जना , स्वास्थ्य मन्त्रालयबाट १ जना , बराहक्षेत्र नगरपालिकाबाट २ जना र प्रथामिक स्वास्थ्य केन्द्र चतरा ब्यबस्थापन समितिद्वारा २९ जना गरि ४२ जना स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरि राखेका छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x