धरान, कात्तिक ४ गते । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औं स्थानमा छ । यसअघि सेप्टेम्बरमा सार्वजनिक वरीयतामा नेपाल १६८ औं स्थानमा थियो ।

माल्दिभ्समा अक्टोबरको १ देखि १५ तारेखसम्म भएको साफ च्याम्पियन्सिपमा पहिलो पटक फाइनलमा पुगे पनि नेपालको वरीयता भने खस्किएको छ । दक्षिण एसियाली राष्ट्रको वरीयता हेर्दा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत एक स्थान सुधार गर्दै १०६ औं स्थानमा उक्लेको छ भने माल्दिभ्स दुई स्थान सुधार गर्दै १५६ औं स्थानमा छ ।यस्तै नेपालभन्दा पछि रहेकामध्ये भुटान र बंगलादेश भने स्थान सुधार गर्दै क्रमशस् १८६ औं र १८७ औं स्थानमा उक्लेका छन् ।

फिफाको प्रतिवन्धमा रहेको पाकिस्तानको वरीयता पनि एक स्थान सुधार हुँदै १९७ औं स्थानमा छ । श्रीलंका एक स्थान सुधार गर्दै २०४ औं स्थानमा उक्लेको छ । विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ भने ब्राजिल दोस्रो स्थानमा कायमै छ । फ्रान्स र इटली एक स्थान सुधार गर्दै तेस्रो र चौथो स्थानमा उक्लेको छ । इंग्ल्याण्ड पाँचौं स्थानमा झरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x