वराहक्षेत्र (संगम बिष्ट) । कोरोना भाइरसको पुरोना भेरियन्टबाट गएको बर्षभर नै उनिहरुलाई वेरोजगार बनायो । कोभिटको कारण शुन्य भएको व्यापार थिङ्गरिन खोज्दै थियो तर कोरोना भाइरसको नयाँ भेरियन्टको कारण फेरी उनिहरुलाई वेरोजगार मात्र हैन आर्थिक भार समेत परेको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्टका कारण जोखिम बढे पछि सरकारले लगाएको निशेधाज्ञाका कारण चहल पहल शुन्य छ । अझ पर्यटन व्यवसायलाई त दुर्गामी असर पारेको छ ।
साना देखि ठुला व्यापार , व्यवसायीहरुलाई असर पारेको छ ।
वराहक्षेत्र मन्दिर परिषदमा फुलपाति मिठाइँ व्यावसाय गर्दै आइरहेकी आशा कार्कीको व्यवसाय गत बर्षको जस्तै यस बर्षको सुरुवाती महिना देखि नै प्राय ठप्प छ। दिनउ जसो मानिसको चापले चहल पहल हुने वराहक्षेत्रमा उनिलाई पहिलो र पछिल्लो कोरोना भाइरस आउनु भन्दा अगाडि फुलपाति बिक्रि गर्नमा नै व्यस्त हुन्थिन् । तर बिश्वब्यापी रुममा फैलिएको कोेरोना भाइरसका कारण मानिसको चहल पहलसंगै आउजाउमा सरकारले रोक लगाए पछि उनी अहिले पुर्ण रुपमा फुर्सदिलो मात्र हैन वेरोजगार समेत बनेकी छिन् ।

वराहक्षेत्रमा मिठाइ पसल गरेर जिबिको प्राजन गर्ने आशा कार्की जस्ता करिव ३० जना भन्दा बढि साना व्यसायीहरु पुर्ण रुपमा प्रत्यक्ष प्रभावमा परेका हुन् ।उनिहरुले बिक्रिकालागि भण्डार गरेका साम्रागीहरु समेत नष्ट हुन थालेका छन् ।

वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेका अनुसार
वराहक्षेत्र मन्दिरमा मेला पर्वमा बाहेक पर्यटक तथा भक्तजनको चाप हुने महिना भनेको चैत , वैशाख हो । प्राय बिद्यालय बिदा र भक्तजनहरु तिर्थ गर्न रुचाउने महिना चैत , वैशाख नै हुने भएकाले यो महिनामा करिव दैनिकमा ८ देखि १० हजार सम्म पर्यटक आउने गर्दथे । पर्यटकहरुलाइ फुलपाति , पुजाको साम्रागी तथा मिठाई बिक्रि गरेर जिबिको प्राजन गर्ने साना व्यसायीहरु समस्यामा परेका छन् । चैत , वैशाखको दुई महिनाको व्यपारले साउन महिना सम्म घर व्यावहार चल्थियो , साउन महिनाको बोलबममा भएको व्यपारले कात्तिक सम्म चल्थियो भने कात्तिकमा हुने कात्तिके मेलाको व्यपारले माघ सम्म धान्थियो यस्तै प्रकारले यहाका साना व्यसाय चल्दै आइरहेका थियो । तर कोरोना भाइरसका कारण मन्दिरमा चहलपल नहुदा व्यसायीहरु चपेटामा परेका छन् । भने घर व्याबहार चलाउनै समस्या उत्पन हुन थालेको छ ।

वराहक्षेत्र मन्दिर क्षेत्रमा आशा, राजु सहित दुर्गा परियार, युवराज श्रेष्ठ,अञ्जना दुलाल,भरत राउत लगाएत ३० भन्दा बढि फुलपाति व्यापारमा आश्रीत छन् । साना फुलपाति व्यसायीहरुले मासिक न्युनतम ६ हजार भन्दा बढि आम्दानि गर्थे भन्ने ठुला व्यसायिहरुलको मार्सिक १० हजार भन्दा बढि नै आम्दानी गर्दै आइरहेका थिए । तर कोरोनाका कारण जारी बन्दाबन्धीले व्यापार ठप्प हुदा खरिद गरेर ल्याएका सामाग्रीहरु बिग्रिएर नष्ट भएका छन । भन्ने अर्को तर्फ सहकारीवाट ऋण लिएर गरेरको व्यसायमा व्यपार नहुदा समस्या उत्पन भएको दुर्गा परियार वताउछिन् । फुलपति बिक्रिकै कमाइले जीवन यापन गर्ने परिवारलाइ समस्या उत्पन भएकाले आर्थिक स्रोत हेरेर राहतको व्यस्थापन स्थानिय सरकारले गर्नु पर्ने उनिहरुको माग छ।

फुलपाति ब्यापर सहित चौतर्फी रुपमा असर पारेको कोभिटका कारण वराहक्षेत्र मन्दिर परिषदमा बस्ने माग्ने र जोगिहरुलाई खाद्यनको जोह गर्न सकस परेको छ । तिर्थालु र भक्तजनले दिएको दानवाट जिबिको पार्जन गर्ने उनिहरुले जोह गरेको खाद्यन समेत सकिन थाले पछि उनिहरुलाई खाद्यनको समस्या पर्न थालेको हो । वराहक्षेत्र मन्दिरमा माग्ने, जोगि र संन्यासी गरेर करिब २० जना रहेको वराहक्षेत्र संरक्षण मञ्चले जनाएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap