धरान । गायिका उर्मिला राईको स्वरमा रहेको ‘फूल होस् त्यहाँ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आईतबार धरान ५ स्थित फेमेली भिन्टेज रेष्टुरेन्टमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले उक्त भिडियो सार्वजनिक गरेको हो । गायिका उर्मिला राईको १५ औं गीतको रुपमा रहेको यस गीतको रचना तथा संगीत हेम विश्वकर्माले गरेको छ । यस्तै, संगीत संयोजन हेम सुब्बाले गरेको छ भने म्युजिक भिडियोको छायांकन शीरकुमार साम्पाङ राईले गरेको छ । म्युजिक भिडयोको निर्देशन भने राजन क्षेत्रीले गरेको हो । उक्त म्युजिक भिडियोमा मोडल करिश्मा क्षेत्रीले अभिनय गरेकी छन् । सुनसरीको विभिन्न रमणीय पर्यटकिय स्थलहरुमा छायांकन गरि दुई लाखको लागतमा भिडियो निर्माण गरिएको गायिका राईले बताइन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap