धरान,२४ कात्तिक। बंगलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्र कुमार सिन्हालाई ११ वर्षको जेल सजाय सुनाइएको छ।७० वर्षीय पूर्वप्रधानन्यायाधीश सिन्हालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सात वर्ष जेल सजाय र विश्वासघात सम्बन्धी मुद्दामा चार वर्ष गरी जम्मा ११ वर्षको जेल सजाय सुनाइएको हो ।

पुर्व प्रधानन्यायधिश सिन्हाले तत्कालीन फार्मर्स बैंक ९हाल पद्म बैंक०बाट ४ लाख ७० हजार अमेरिकी डलर ऋण लिएका थिए।उनले त्यो रकम नगद, चेक र पे–अर्डरमार्फत दोस्रो खातामा सारेको आरोप रहेकोछ।यस्तो कृयाकलाप बंगलादेशमा भने भ्रष्टाचार रोकथाम सम्बन्धी कानून अनुसार दण्डनीय मानिन्छ ।

भ्रष्टाचारसम्बन्धी यही प्रकरणमा मुछिएका अरु १० जनामध्ये मोहम्मद शाहजाँ र निरन्जन चन्द्र साहलाई भने अदालतले सफाइ दिएको छ । पूर्वप्रधानन्यायाधीश सिन्हासहित अन्य ८ जनालाई भने अलग–अलग जरिवाना र जेल सजायको फैसला सुनाइएकोछ ।

चार वर्ष अघि भ्रष्टाचारको आरोप लागेपछि सिन्हाले
विदेश भ्रमणको क्रममा प्रधानन्यायाधीश पदबाट राजीनामा दिएका थिए । यद्यपि उनले बंगलादेशको ‘अलोकतान्त्रिक’ र ‘निरंकुश’ शासनको विरोध गरेकाले राजीनामा दिन आफुलाई बाध्य पारिएको दाबी गर्दै आएका छन् ।

सिन्हा हाल अमेरिकामा रहदै आएका छन् । उनको अनुपस्थितिमा अदालतले जेल सजाय सुनाएको हो ।
सिन्हा बंगलादेशमा अल्पसंख्यक हिन्दू समुदायबाट पहिलोपटक प्रधानन्यायाधीश भएसङ्गै उनि बंगलादेशका २१औं प्रधानन्यायाधीश हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x