मोरङ, २४ कार्तिक। मोरङको बक्राह खोलाले दुई जना युवक बगाएको छ ।

मोरङ रंगेली नगरपालिका ७ बक्राह खोलामा नुहाउन गएका २ जना युवकलाई बगाएको छ । बगाएका मध्ये एक जनाको मृत्यु भएको छ भने अर्का युवक बेपता भएका छन् ।

आज दिउसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका ६ भन्सार टोल सुरेश साहको घरमा पाहुना आएका २१ बर्षीय बिटु कुमार साह र १८ बर्षीय राजा साह बक्राह खोलाको पानीमा नुहाउने क्रममा डुवी हराई बेपत्ता भएका थिए ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बिटु कुमार साह फेला पारी उपचारको लागी रंगेली अस्पताल पठाई चेकजाँच गर्दा मृत्यु भईसकेको थियो भने राजा साहको खोजतलास भईरहेको १ नम्बर प्रदेश प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x