धरान, २ मंसिर । बन्डल एजेन्सि धरानले धरान-९स्थित फ्रेन्ड्स गार्डेनमा साङ्गितिक साँझ आयोजना गर्ने भएको छ। कार्यक्रमको प्रमुख कलाकार ‘द भ्वाइस अफ नेपाल’ सिजन-२ टप ८ ट्यालेन्टुकि मेचु धिमाल रहेको बन्डल एजेन्सिका प्रबन्दक निकेन राईले बताउनु भयो।कार्यक्रम मङ्सिर ३ गते साँझ ६स्३० देखि फ्रेन्ड्स गार्डेनमा हुने भएको हो।

कार्यक्रमलाई प्रीन्सेस् वाइनले प्रायोजन र टुबोर्ग बियरले सह(प्रायोजन गरेको छ।त्यस्तै कार्यक्रमलाई विभिन्न संघ(संस्था तथा व्यक्तित्वहरुको पनि सहयोग आएको जनाइएकोछ।कार्यक्रमलाई लोकेन लिम्बु९ज्प्०,भिम तुम्बाहम्फे(ज्प्),केन्द्र मोसन पिक्चर्स,भिन्टेज रिसोर्ट,लेजेन्ड मेन्स वेर,धरान फिट्नेस क्लव,आर स्क्वायेर कलेक्सन बुटिक,याक्थुङ सिङ्गक फाउन्डेसन,द ब्युटि हब मेकप स्टुडियो,साहारा इन्टरटेन्मेन्ट,धरान नाटक घर निर्माण समिति,टस्क माउन्टेन बाइक,मिसम मेकप स्टुडियो र मनकामना फ्लेक्स ले साथ दिएको प्रबन्दक राईले एभरेष्ट डेलिलाई बताउनु भयो।

साङ्गितिक कर्यक्रममा मेचु धिमालको प्रमुख प्रस्तुति सङ्गै स्थानिय कलाकारस् निमा तामाङ,अनिस सुब्ब,अम्बिका दवाडि,क्यारिन माझि,बिमला खजुम,जिवन लिम्बु,दिपना राई र देवि बर्देवाको समेत बेजोड प्रस्तुति रहनेछ।बन्डल एजेन्सि धरानले यस्ता साङ्गितिक कार्यक्रम,फेसन सो जस्ता बिभिन्न कार्यक्र आयोजना गर्दै आएको छ।यस किसिमको कार्यक्रमले नयाँ कलाकारहरुलाई स्थापित गराउन सहयोग गर्ने र साथै धरानको नयाँ पहिचान बन्ने राईले उल्लेख गर्नुभयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x