धरान (संगिता राई) । सुनसरीको बराहक्षेत्र नगरपालिकामा नेपाली कांग्रेसले राहत वितरण, निःशुल्क एम्बुलेन्स सेवा र सेनिटाईज छर्किने अभियान सुरु गरेका छन् ।

जेष्ठ ३ गतेदेखि बराहक्षेत्रका विभिन्न वडामा सेनिटाईज छर्किने अभियान सुरु गरिएको सुनसरी क्षेत्र नं. ४ का सचिव रमेश कार्कीले जानकारी दिनुभयो । साथै कोभिडका कारण विरामी भएका विरामीलाई निःशुल्क एम्बुलेन्स र राहत वितरण वितरण गरिएको पनि उहाँले बताउनुभयो । उहाँले जानकारी दिए अनुसार बराहनगरपालिकाको ११ वडाका १५० भन्दाबढी संक्रमित देखिएका विरामीको घरघरमै पुगेर सेनिटाईज गरिएको हो । अति विपन्न वर्गकालाई एम्बुलेन्स सेवा निःशुल्क गरिएको हो भने मध्यमवर्गकालाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको हो । साथै ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क राहत वितरण गरिरहेको सचिव कार्कीले जानकारी दिनुभयो । कांग्रेसले कोरोनाको कहर नहटेसम्म संक्रमित भएकाहरुलाई घरघरमा पुगेर पौष्टिक आहार फलफुल वितरण गर्दे हौसला प्रदान गर्ने साथै सहयोग गर्ने प्रतिबद्धता समेत गरेको छ ।

अत्याधिक रुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि हाल बराहनगरपालिकाको वडा नं. २, ५, ६ र १० सिल गरिएको छ । बराहक्षेत्रमा हालसम्मको तथ्यांक हेर्दा २६४ भन्दा बढीमा कोरोना संक्रमण देखिएका छन् ।

बराहक्षेत्र स्थित रहेको सप्तकोशी महेन्द्र बहुमुखी क्यापसको भवनलाई नगरपालिकाले आइशोलेसन सेन्टर बनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x