वराहक्षेत्र(संगम बिष्ट) । कोरोना संक्रमणको जोखिम बढेको वराहक्षेत्रमा नेपाली कांग्रेस कार्यकर्ताहरु सहयोगमा जुटेका छन् । उनिहरु १७ दिन देखि सुरक्षा सर्तकता सहित संक्रमितका घर–घरमा पुगेर सेनिटाइज गर्ने गर्दैछन् । राज्यको साधन, स्रोत भएको निकायहरु सक्रमण नियन्त्रण गर्ने अभियानमा प्रयाप्त काम गर्न नसकेको जनगुनासो भइराख्दा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस वराहहक्षेत्रका नेताहरु भन्ने समिति नै स्थापना गरेर अभियानमा सक्रिय पुर्बक लागि परेका छन् ।

वराहक्षेत्र कांग्रेसको कोरोना नियन्त्रण व्यवस्थापन तथा परिचालन समितिले १७ दिन देखि नगरका सक्रमितको घर घर पुगेर भावनात्मक निकटता बढाउने काम गर्दै आएका छन् । गत सोमबाटबाट सुरु अभियान हाल सम्म वराहक्षेत्र नगरपालिकाका वडा नं १ देखि ११ वडामा रहेका सक्रमितको घरहरु सेनिटाइज गर्ने, सक्रमितलाई पोष्टिक तत्ब, स्वास्थ्य साम्रागी , हौसला बढाउने काम गरिरहेको छ । साथै नगरको सार्वजनिक स्थाल, प्रहरी चौकी, स्वास्थ्य चौकीलाई सेनिटाइज गरिएको छ । भन्ने बुधबार पुर्ण दोस्रो पटक वराहक्षेत्र ६ र ७ का थप सक्रमितको घरमा पुगेर सेनिटाइज गरिएको छ ।

समितिका संयोजक रमेश कार्कीका अनुसार समुदाय स्तरमा फैलिएको महामरीलाई नियन्त्रण गर्न अरुको मुख ताक्ने हो भने समुदायमा संक्रमण झनै फैलने खतरा रहेकोले पार्टी आफै सकृय भएको हो । उनले स्थानिय सरकारले कोरोना नियन्त्रणका लागि ठोस कार्य नगरेकाले पनि कांग्रेस आफै अभियानमा उत्रनु परेको हो । कार्कीले भने ‘स्थानीय सरकार गैरजिम्मेवार भयो, गाउँ घर संक्रमणको मारमा परेकालाई सहयोग गर्ने र संक्रमण फैलन नदिन सुरक्षाका कामहरु गरिरहेका छौं ।’

कांग्रेसले १ देखि ११ नम्बर वडामा रहेका संक्रमितहरुको घरमा पुगेर सेनिटाइज गर्ने, संक्रमित र उनीहरुका परिवारलाई हौसला प्रदान गर्ने कार्य गरेको अभियानकि सदस्य नेपाली कांग्रेस महा- समिति सदस्य अनु गुरुङले बताइन ।

नेपाली कांग्रेस किरात राई संघ सुनसरी सभापति सन्तकुमार राईले महामहारीलाई नियन्त्रण गर्न स्थानिय सरकारले कुनै किसिमको कार्यक्रम अगाडि नसारेको बताए । हालसम्म वराहक्षेत्र नगरपालिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । त्यसैगरी, २ सय ५८ जना भन्दा बढि संक्रमित भएकामा ४१ जना संक्रमण मुक्त भइसकेका छन । कांग्रेसले निशुल्क एम्बुलेन्स समेतको व्यवस्था गरेको छ ।

संक्रमितलाई उपचारका लागि एम्बुलेन्स चाहिएमा अभियानका संयोजक रमेश कार्की (९८०४३२०२९७) र सदस्य सन्तकुमार राई (९८२७०४२५०८) लाई सम्पर्क गर्न समेत आग्रह ८ दिनदेखि सक्रिय रुपमा अभियानमा लागि परिरहेका अभियानका सदस्य नेपाली कांग्रेस वराहक्षेत्र ६ का सह- सभापति तुलसी श्रेष्ठले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x