धरान। किसोरीसँग अवैध यौन सम्पर्क गर्दागर्दै ५७ वर्षिय सुनसरीको भोक्राहा नरसिंह गायँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

तत्कालीन संघीय समाजवादी पार्टीबाट स्थानीय तहमा निर्वाचित अध्यक्ष यादवलाइ वैशाख ८ गते इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीको नेतृत्वमा गएको टोलीले बुधबवार दिउँसो ५ बजेको समयमा १७ वर्षिया किसोरीलाई धरान ४ स्थित डुकु होटलमा बलात्कार गदागर्दै गिरफतार गरेको हो ।

यसबारे थप अनुसन्धान गर्न विहीबार बैशाख ९ गते सुनसरी जिल्ला अदालतबाट ५दिन म्याद थप गरि आवश्यक कार्वाही अगाडी बढाइएको प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले पक्राउ परेका अध्यक्ष यादवसहित किसोरीको वुधबार राती नै धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विस्तृत शारीरिक यौनजन्य स्वास्थ्य परीक्षण प्रतिवेदन गरिएको जानकारी दिए ।

यादवलाई थुनामा राखी अनुसंधान गर्नका लागि सुनसरी जिल्ला अदालतका ३ नम्बर इजलासका न्यायधिश दिपककुमार दाहालले प्रहरी मागेको पाँच दिएका हुन्।

जागिर लगाइ दिने प्रलोभनमा होटल ल्याएर करणी गरेको जाहेरी दिने पीडित भनिने युवती १ वर्ष अघि देखि नै सँगै घुम्ने र खाने गरिको केही तस्विर पनि भेटिएको प्रहरीले जनाएको छ । युवतिले अध्यक्ष यादव सँग मोटो रकम लिएर प्रयोग गरेको बुझिएको छ ।

स्रोतका अनुसार स्थानीयले सुनसरी प्रहरीलाई दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले यादव बसेको होटलमा छापा मारेको थियो । होटलबाट अध्यक्ष यादवले प्रयोग गर्ने मोबाइल, नगद र प्रयोग गरिएका केही थान कण्डम समेत बरामद भएको प्रहरीले जनाएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap