धरान । धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीका कुरुवाहरूका लागि पक्की शौचालय सञ्चालनमा आएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा।चूडामणी पोखरेलका अनुसार मारवाडी समाज धरानले ३ कोठे मार्बलयुक्त शौचालय निः शुल्क निमार्ण गरी दिएको हो । शौचालय हिजो बेलुका देखि सञ्चालनमा आएको हो ।

पोखरेलले भने शौचालयको नभएको कुरा सुनेर आफू त्यस विषयमा गम्भीर भएर अस्पताल टिमसँग कुरा राख्दा मारवाडी समाजले कोभिड–१९ अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीका कुरुवाहरू सेवा गर्ने उद्देश्यले शौचालय निमार्ण गरी दिएका हुन् ।

शौचालय मात्र निमार्ण तर, शौचालयमा आवश्यक पर्ने सामानहरू अभाव भएपछि कुरुवाहरू सँग ५० रुपैयाँको दरले पैसा उठाएर डिटोल, सरफ,बाल्टिन, मग, ब्रस र साबुन लगायतका सामान खरिद गरेको रोशन लिम्बुले जानकारी दिए । उनले भने वरिपरि धेरै फोहोर छ फोहोर व्यवस्थापन गरी दिए वा एउटा ठुलो डसबिन प्रतिष्ठानले राखिदिए हुन्थ्यो ।

कोभिड अस्पतालमा व्यवस्थापन फितलो भए पछि शौचालयको अभावमा ४० देखी ५० जना बिरामीका कुरुवाहरूले झाडीमा नै दिसा पिसाब गर्नुपर्ने अवस्था थियो । अव त्यस्तो झाडीमा शौच गर्न जानुपर्ने अवस्था अन्त्य भएको सविता राई बताउँछिन् । उनी भन्छिन् अहिले लुगा धुन नुहाउन सबै कुरामा सहज भएको छ ।

कोभिड–१९ अस्पतालमा स्थापना पहिलो चरणको कोरोना भाइरस सुरु हुँदा नै भएको हो । यहाँ पक्की शौचालय, हात धुने पानी र हात धुने साबुन नै थिएन । कोभिड अस्पतालको बाहिर कुरुवाहरू पाल टाँगेर बसेका छन् । जताततै फालिएका फोहोर मैला देखिन्छ बेलुका मात्र हैन बिहान समेत उठाएको हुँदैन ।

सन् २०१७ मा सुनसरी ‘खुल्ला दिसामुक्त’ क्षेत्र घोषणा भएको हो । ‘खुल्ला दिसामुक्त’ घोषणा भएको मध्ये नेपाल पनि एसियाको २ नं मा पर्छ । अस्पतालको आधारभूत आवश्यकतामा नै शौचालय अनिवार्य हुन्छ । तर, प्रतिष्ठानमा शौचालय नभए पछि आलोचनाको विषय समेत बनेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap