धरान, ११ कार्तिक । आज बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त हुने भएकोछ । गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको जनाइएको छ सपथ ग्रहण कार्यक्रम पनि आजै हुने भएकोछ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा पेश गरेकी हुन्।पाण्डेले बुधबारनै प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए।

मुख्यमन्त्री पदमा पाण्डेले गठबन्धनका ४ वटा दलको समर्थनमा दावी गरेका हुन् ।नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको गरि ५९ जना सांसदहरुको समर्थन रहेको छ ।मुख्यमन्त्रीमा नियुक्त हुने निश्चित पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने भएकाछन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x