–लोकराज निरौला

भूमिहिन दलित भूमिहिन सुकुम्बासी अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराई भूमि समस्याको समाधान गर्नका लागि कठिन यस पटकको भूमि सम्बन्धी आयोगले यस पटक लगत संकलनका लागि तीन वटा लगत संकलन फारमको व्यवस्था गरेता पनि विभिन्न कागजी प्रमाणको अभाव र झन्झटका कारण वास्तविक भूमिहिन सुकुम्बासीहरु लगत फारम भर्नबाट बञ्जित हुदै आएका छन ।


भूमी तथा सुकुम्बासी समस्या समाधान आयोगले यस पटक जो आफु र आÏना परिवारका सदस्यका नाममा जग्गा जमिन भएर पनि बसाई–सराई विभिन्न पेशा व्यवसायका कारण सरकारी प्रति ऐलानी जग्गामा घर बनाई बसोबास गर्दै आएको परिवारलाई अव्यवस्थित बसोबासी, जो आफु र आÏना परिवारका नाममा कहि कतै जग्गा छैन ऐलेनी जग्गामा घर बनाई बसोबास गर्नेहरु विपन्न दलित भूमिहिन सुकुम्बासी जो कहि कतै जग्गा रोकेर घर बनाई बसोबास गर्न सकेको छैन । आफु र आÏना परिवारका सदस्यका नाममा अन्यत्र कहि कतै जग्गा पनि छैन । घर वहाल वा अरु कसैको आश्रयमा बसोबास गर्दै आएकाहरुलाई ३ नम्बर लगत फारम भराउने व्यवस्था गरेको थियो ।


राजु श्रेष्ठ धरान–१५ घर बहाललमा वस्दै आएका छन । उनको नेपाली नागरिकताको प्रमाण पत्र पनि यहि वार्डमा छ तर जग्गा नभएकोले उनले लगत फारम भर्न पाएका छैनन । पुरुषोतम न्यौपाने उनकी पत्नी शुष्मा राई न्यौपाने धरान–१५ निराजन वस्तीमा घर बहालमा बस्छन उनको नेपाली नागरिकताको प्रमाण पत्र साविक धरान–६ बाट छ । उनी र उनका परिवारका नाममा बाबुकै पाला देखि कहि पनि जग्गा नभएता पनि आफुले बसोबास गरेको कुनै आधार प्रमाण मतदाता परिचय पत्र वा पानी बक्तिको बिल नहुदा लगत फारम भर्न नपाएको बताएका छन ।

घर बहालमा बस्नेहरुको नाममा पानी बत्तिको बिल नहुने घर बहालमा बस्दा यताउता सरी रहनु पर्ने हुदा निश्चित वार्डमा मतदाता परिचय पत्र पनि नहुने तर लगत संकलन गर्न आएका कर्मचारीहरुले बसोबास गरेको प्रमाण खोज्ने भएकोले आफु बास्तविक सुकुम्बासी भएर पनि लगत फारम भर्न नपाएको गुनासो उनको रहेको छ । विवेक राई पनि लामो समय देखि घरान–१५ मै घर बहालमा बस्दै आएका छन । उनको नेपाली नागरिकतको प्रमाण पत्र धनकुटा चुङमाङको रहेको छ । उनको परिवारका सदस्यको नाममा पनि कहि कतै जग्गा छैन । यहा“ पनि घर जग्गा नभएकोले बसाई सराई प्रमाण पत्र पनि यहा“ नल्याएको कारण उनले पनि भूमिहिन सुकुम्बासीको लगत फारम भर्न पाएको छैनन ।


यी त भए प्रतिनिधि पात्रहरु यस्ता धेरै वास्तविक भूमिहिन सुकुम्बासीहरुले फारम भर्नबाट बञ्चित रहेको नेकपा माओवादिको केन्द्रका स्थानिय नेता सुवास खवासले बताएका छन । शहर तथा शहर उन्मुख गाउ“हरुमा एउटै परिवारका सदस्यहरुले धेरै ठाउ“मा जग्गाहरु आÏनै परिवारका नाममा राख्न खोज्दा कर्मचारीहरुलाई भूमिहिन सुकुम्बासीहरुलाई लगत फारम संकलनमा कठिनाई रहेको धरान १५ का वडा अध्यक्ष नरेश कुमार इवारको भनाई छ । आयोगले वास्तविक सुकुम्बासीहरुको लगत संकलन नगरे त्यस्ता सुकुम्बासीहरुको लगत संकलन गरेर आयोगलाई बुझाउन पहलभई रहेको धरान–१४ का कृष्ण कुमार राईले बतँएका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x