धरान ।  विगत तीन वर्ष देखि धरान ११ अाँपगाछी चाेकमा स्थापना भएकाे बिग्रेड अफ गाेरखा टेर्निङ सेन्टर ले तेस्राे वार्षिक उत्सव मनाएकाे छ ।

लाहुरे हुने सपना सजाएकाे चार युवा शक्ति राई, एन्जी राई, मदन भट्टराई र साेनाहाङ राई अाज लाहुरे बनाउन लागि परेका छन् । २०७१ सालमा रिजनल सेलेक्सन पास गरी सेन्ट्रल सेलेक्सन पाेखरा बाट लाहुरे हुने सपना समाप्त भएकाे युवाहरु धरानमा टेर्निङ सेन्टर स्थापना गरेर अाउने जेनेरेसनका युवाहरुलाई अाफ्नाे अनुभव संगै अनुभवी दक्ष प्रशिक्षक बाट ट्रेनिङ गराईरहेका छन । लाहुरे नभए पछि विदेश जाने योजनामा रहेका र भिषा समेत अाईसकेकाे थियो तर देशमा नै केही गर्ने अठाेट कै कारण भिषा क्यान्सिल गरेर अाउने पिडी लाई लाहुरे बनाउन लागि परेका युवाहरु छाेटाे समयमानै १३ जना युवाहरुलाई लाहुरे वनाउन सफल भए। त्यसै कारण पनि बिग्रेड अफ गाेरखा टेर्निङ सेन्टर लाहुरे हुन चाहाने युवाहरुकाे राेजाईमा परेकाे छ ।

तेस्राे वर्षमा प्रबेश गरे संगै अाफ्नै भवन फिजिकल हल र हाेस्टेलकाे पनि राम्राे व्यवस्था रहेकाे संचालक शक्ति राईले बताए । हाल बाहाल वाला लाहुरे हरु अाएर टेर्निङ दिने साथै भुपू विटिस अार्मी , भुपू सिङ्गापुर पुलिस र भुपू ईन्डियन अार्मी गुरुजी हरु ले फिजिकल टेर्निङ दिने र विषय गत दक्ष र अनुभबि शिक्षकहरु बाट पढाइ हुने गरेको छ । लाहुरे बन्ने सपना बाेकेका युवाहरुलाई केही व्यक्तिहरुले विभिन्न अाश्वाशन दिएर पैसा माग्ने मेराे मान्छे छ भर्ति लगाई दिन्छु भन्ने पाेखरा पुगेपछि १० लाख, १५ लाख पैसा माग्ने गरेकाे छ । यस्ताे कार्यमा नफस्न युवाहरुलाई सचेत रहन राईले अाग्रह गरे ।

तेस्राे वर्षमा प्रवेश गरेकाे अवसरमा विशेष छुट सहित भर्ना कार्य सुरु भएकाे र लाहुरे वन्ने युवाहरुकाे सपनाकाे सारथी बिग्रेट अफ गाेरखा टेर्निङ सेन्टर हुने कुरा अर्का संचालक साेनाहाङ राईले जानकारी गराए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x