वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकामा नेपाली कांग्रेसका नेताहरु आफै बिरामीको घरमा पुगेर विरामीहरुलाइ अस्पताल तथा आइसोलेशनमा पुराउने कार्यमा लागि परेका छन् ।
२२ दिन देखि कोरोना नियन्त्रण अभियानको रुपमा सक्रमितको घर-घर पुगेर सेनिटाइज र पौष्टिय युक्त समाग्री बितरण गर्दै आएको टोलीले आज सम्म २० जना बिरामीको घरमै पुगेर एम्बुलेन्स मार्फत अस्पताल तथा स्वास्थ्य अबस्था सामान्य संक्रमितहरुलाई आइसोलेशनमा पुराउने कार्य गरि सकेको अभियानका सदस्य नेपाली कांग्रेस वराहक्षेत्र ६ कार्य समितिका सह- सभापति तुलसी श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार कोरना संक्रमितलाई बिराटनगरको नोवेल,बिराट टिचिङ र कोशी हस्पिटल तथा वराहक्षेत्र ७ स्थिति सप्तकोशि बहुमुखी क्याम्पसमा नगरपालिकाले तयार पारेको आइसोलेशनमा पुराउने गरिएको छ ।

कोरोना नियन्त्रण गर्न नेपाली कांग्रेस वराहक्षेत्रका नेताहरु व्यवस्थापन तथा परिचालन समिति नै गठन गरेर लागि परेका हुन् । नगर भित्रका स्वास्थ्य संस्था , प्रहरी कार्यलय, सार्बजानिक स्थान लगाएत संक्रमितको घर घरमा पुगेर सेनिटाइज समेत गरेको समितिले संक्रमितको स्वास्थ्य अवस्था बुझ्दै मनोवल वढाउन कार्य समेत गरिरहेको छ ।

अभियानले गरिब , बिपन्न, मजदुर , जेष्ठ नागरिकलाई केन्द्रीत गरेर निशुल्क एम्बुलेन्स समेतको व्यवस्था गरि दिएको छ । एम्बुलेन्स चाहिए संयोजक रमेश कार्कीको ९८०४३२०२९७ र सदस्य सन्तकुमार राई ९८२७०४२५०८ को नम्बरमा फोन सम्पर्क गर्न सक्नुहुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x