धरान । धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा आज दिउँसो विराटनगरका कोरोना सङ्क्रमित एक वृद्ध पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा। चूडामणि पोखरेलका अनुसार विराटनगर १२ मोरङका ७५ वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । दिर्घरोगी रहेका मृतकको वैशाख ४ गते कोरोना सङ्क्रमण पुष्टि भई अस्पताल भर्ना भएका थिए ।

उनको आज दिउसो १ बजेर ५५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतकको शवको व्यवस्थापन नियम अनुसार भइरहेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आज एकै दिन २ जनाको मृत्यु भएको छ । बिहान धनुषाका एक जना पुरुषको मृत्यु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x