वराहक्षेत्र । बिहिबार ४३ अौं पुष्पलाल श्रेष्ठको स्मृति दिवशरको अवशरमा आयोजना भएको बिचार गोष्ठी कार्यक्रममा नेकपा एमाले प्रवेश गरेका युबाहरु २४ घण्टा पनि नबित्दै पुर्न कांग्रेसमै फर्किएका छन् । नेकपा एमाले नगर कमिटी वराहक्षेत्रले आयोजना गरेको उक्त कार्यक्रम वराहक्षेत्र- ७ का नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा नेपाल बिद्यार्थी संघका सदस्य फुर्वा तामाङ्गको नेतृत्वमा एक दर्जन युबाहरु कांग्रेस त्यागेको भन्दै अवीर लगाएर एमाले प्रवेश गरेका थिए । उनिहरुलाई एमालेका केन्द्रीय नेतारुले एमालेमा प्रवेश गराएका थिए ।

तर प्रवेश गरेको २४ घण्टा पनि बित्न नपाउदै उनिहरुले बुधबारको निर्णयबाट पछि हट्दै कांग्रेसमै फर्कने निर्णयमा पुगेको जानकारी गराएका छन् । एमाले पार्टी प्रवेश गर्दा नेतृत्व गरेका फुर्वा तामाङले फेसबुक स्टाटस मार्फत लेख्दै भनेका छन् । मेरो पुर्ब पार्टी नेपाली कांग्रेसमै रहने निर्णय गरेको छु । हिजो मिति २०७८ /०४/०७ गते मेरो परिवारको सम्पूर्ण सदस्यहरुले आस्था राखेको नेपाली कांग्रेस पार्टी परित्याग गर्ने अपरिपक्व निर्यणको कारणले मलाई अत्यन्तै असहज महसुस भएको र मेरो परिबार तथा नातागोतामा समेत समस्या पर्ने भएकाले म सम्पूर्ण व्यक्तिहरुसंग क्षमा याचाना माग्दै मेरो पुर्व पार्टी नेपाली कांग्रेसै रहने निर्णय गरेको छु ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x