केही वर्ष पहिले मलाई एकजनाले एउटा पुस्तक दिनुभयो सेतो लुगा भित्र कालो मन। मैंले अचम्म मान्दै के बुक हो? भनी तत्काल प्रस्न गरें। सर मेरो पीडा र भोगाई हो । तपाईंको व्यक्तिगत पीडा र भोगाई हामीले किन पढ्नु?
हेर्दा दयनिय अवस्थामा देखिने ती व्यक्ति कुनै ठूलो विपत्तिबाट निस्केको जस्तो देखिन्थ्यो नै। पुस्तक पढ्दै जाँदा रैछ उहाँको आमाको उपचारको क्रममा मृत्यु भएको कारण यो पुस्ताको सृजना गरिएको ।


उहालाई लागेछ नर्स र डाक्टर ले मेरो आमालाई बचाइदिएनन् ।
चाहेको भए बचाउन सक्थे। लापरबाही गरे र मेरो आमा मरीन। त्यसैले नर्स र डाक्टर भनेका दुस्मन हुन।
कतिपय समाचार यस्ता पनि आउँछन्। जहाँ चिकित्सकले लापरबाही गरे। अस्पताल घेराउ भयो । डाक्टर कुटिए। नर्स कुटिए।
तर, मलाई के लाग्छ भने उपचारको क्रममा जति मान्छेको मृत्यु हुन्छ ती सबै नर्स, डाक्टरको लापरबाहीले मृत्यु भएको होइन। सबै बिरामीलाई उपचार गरेर बचाउन सकिने भए सायद यहाँ कोही पनि मर्नु पर्थेन होला, कम्तीमा तिनै नर्स, डाक्टरका परिवारका मान्छे कोही पनि मर्थेनन्। अझैं ती नर्स, डाक्टरहरु त झन मर्ने कुरै भएन ।
परीक्षा मा छोरो पास भएपछि मेरो छोरो मेहनती छ, मैले खुब लगानी गरेको छु, मेरो छोरो केही गर्छ भन्ने। फेल भयो भयो मास्टर त त्यस्तो छ त्यसले पढाएको छोरो कस्तो होला। यी मास्टरले मेरो छोरो खत्तम पारे भन्ने। यो हाम्रो समाज को प्रतिविम्ब हो।

युद्दमा होमिएको सिपाही, लडिरहेको सिपाहीको पछाडि अरु २÷३ जना सिपाही साथी सपोर्ट रूपमा हुन्छन्। उसको गोली सकियो भने गोली पास गर्न, हतियार बिग्रियो भने फेर्न, उसलाई भोक प्यास लाग्यो चिउरा पानी सप्लाई गर्न, घाइते भयो भने उद्धार गर्न, औषधी गर्न, पछाडि साथी खडा हुन्छ। यदि उ मर्यो भने उसको ठाउँबाट लड्न अर्को साथी तयार हुन्छ।

यी सेता बस्त्रधारि नर्स, डाक्टर भनेका त्यही लडाइँका सिपाही हुन अहिले। कोरोना सँग विश्वयुद्धमा होमिएका छन्। तर यी बेसाहारा छन् । न यिनलाई कोही प्यास लाग्दा पानी दिन्छ। न भोक लाग्दा चिउरा। गोली सकिँदा, हतियार बिग्रँदा सप्लाई गर्ने कोही छैन। न घाइते हुँदा मलम लगाइदिने कोही छ।

सुन्यौं, एउटा मास्क समेत किनेर लगाउन पर्छ। उसको पछाडि को छ भनौं? छ त कोरोना। दुई खाले कोरोना। एउटा कोरोना बाट बच्न भ्याक्सिन लगाए, पिपिई लगाउँछन्, मास्क सेनिटाइजर लगाउँछन्।

अर्को खाले कोरोना बाट बच्ने अहिले सम्म न कुनै भ्याक्सिन छ न कुनै पीपिई। मानवरूपी दानवहरु जो सधैं नर्स, डाक्टरलाई आफ्नो दुस्मन सम्झिन्छन्। उनैले मान्छे मरेको ठान्छन् । उनको पद र पैसाले, मरेको मान्छे पनि बचाइदिन पर्ने जस्तो गर्छन् ।जब डाक्टरले मरेको मान्छे बचाउन नसकिने कुरा गर्छन् अनि डाक्टरलाई झम्टीन्छन्, कुट्छन, पिट्छन्।

लखेटी लखेटी मार्न खोज्छन्। यही हो हाम्रो महानता। हाम्रो गौरव। हाम्रो परिचय। हामी नर्स,डाक्टरलाई कुटेर आउँदा गर्व गर्छौं।

कसैलाई पनि थाहा छैन झैँ गर्छन् की नर्स, डाक्टर लाई पनि भोक लाग्छ। थकाइ लाग्छ। प्यास लाग्छ। निद्रा लाग्छ। अझैं भनौँ बाँच्न मन लाग्छ । तर यो थाहा छ मेरो बिरामीलाई स्लाइन पानी यिनैले चढाउँछन्, बाँचोस् भनेर।

आफैं मरेर अरुलाई बचाउँछ कोही भने ती नर्स, डाक्टर नै हुन्। तर त्यो कोही बुझ्दैन। बुझ्न पनि चाहन्न। यही कोरोना बिरामीको उपचारमा खटिने कति स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेको छन्।

घरमा बुढा बा आमा, सानो बच्चा छोडेर दिनरात हाम्रै बिरामी आफन्तको हेरचाह गर्छन्, हामी सोच्छौं की उसको ड्युटी हो। तलब खाएका छन् । जबकि हामी कोरोना वार्ड सम्म नजिक जान पनि मृत्यु लोकको गेटमा पुगेँ जस्तो गर्छौँ। जहाँ उनीहरू सातै दिन चौबिसै घन्टा घुमिरहेका छन्। हाम्रा आफन्त को कसलाई के कुन अफ्ठेरो छ के कुन औषधी दिनु छ। अनि फेरि घर जान्छन् बुढा भएका बा आमालाई तातो पानी तताएर दिन्छन्, बच्चालाई दूध चुसाउछन्।

यो जोखिम र बाध्यता हामी देख्दैनौं। हामी देख्छौं मेरो बिरामीलाई औषधी खुवाउन ढिला भयो। हामी यो देख्दैनौं एक जना नर्सले ४०÷५० जना बिरामीको हेरचाह गर्नुपर्छ।

उनीहरूको उपचारले को कति बाँचेर गए हामीले उनीहरूलाई कहिलै धन्यबाद सम्म भनेका छौं? कहिलै सम्मान गरेका छौं? फूलमाला लगाइदिएका छौं? मृत्युको मुखबाट झिकेर घर पठाउने यी भगवानलाई कहिलै फलफूल लिएर भेट्न गएका छौं? अहँ छैन।

तर हामीले तिनीहरूको किचकिच याद गरेका छौं, तिनीहरू नबोली बाटो काटेको याद छ, मेरो बिरामी छट्पटाएको बेला डाक्टर कुद्दै नआएको याद गर्छौ। खुब सानले भन्छौँ छोरी बिग्रे नर्स भनेर।

हाम्रो यो दरिद्र मानसिकता यो लाखौं को ज्यानलिने गरेर आएको महामारीको बेलामा समेत परिवर्तन हुन सकेन । आफ्नो ज्यानको समेत प्रवाह नगरी कोरोना बिरामीको उपचारमा खटिने सच्चा राष्ट्र सेवक स्वास्थ्यकर्मी हाम्रा साक्षात् भगवान् हुन्। आफन्त कोरोना पोजेटिभ भयो भन्दा हामी चार कोष टाढा सर्छौं तर ती नर्स, डाक्टरले आफ्ना बच्चा जसरी काखमा लिन्छन् र आमाले स्याहारे झैँ स्याहारेर बचाउँछन् । ती महा मानव यो बेला पूज्य नभएका कहिले हुने हुन् ?

ए कलियुग एउटा मात्र सद्बुद्धि दिनु छ भने हामीललाई नर्स, डाक्टर प्रति हेर्ने दृष्टिकोण सही बनाइदे। त्यति बुद्दी जोगाइदे। हामीलाई जोगाउने काम त उहाँहरू गरिहाल्नु हुन्छ । उहाँ, तपाईं पछिको भगवाननै हो। भगवान सँग मेरो प्रार्थना छ यो महामारीबाट नर्स, डाक्टरलाई बचाइदे। हामीलाई त उहाँहरू बचाईहाल्नु हुन्छ ।

✒लेखक नेपाल प्रहरीका इन्स्पेक्टर लक्ष्मण ओली हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x