धरान। केही दिन देखि सामाजिक संजालमा भाइरल भएको भिडियो एक वृद्वलाई गाली गर्दै गरेको थियो चौतर्फी आलोचना भए पछि भोजपुर हतुवागडी गाँउपालिका – ४ नम्बर वडा का वडा अध्यक्ष चन्द्र बहादुर बिष्ट ले विज्ञप्ती मार्फत माफी मागेको छ।

स्थानीय सरकार को योजना मार्फत निर्माण भै रहेको काम मा मलाई पनि काम दिनु पर्ने अडान वृद्व भक्त बहादुर राई ले राखे पछि वडा अध्यक्ष चन्द्र बिष्ट र भक्त बहादुर राई बिच बिवाद भएको र वडा अध्यक्ष ले वृद्व लाई गाली गरेको र जातिय प्रतिसोध को शब्द प्रयोग भएको भिडीयो सामाजिक संजालमा बाहिरीए पछि चौतर्फी आलोचना भएको थियो।

विज्ञप्ती मार्फत माफी माग्दै वडा अध्यक्ष बिष्ट ले तपाईं जेष्ठ नागरिक कोरोना को माहामारी को बेला निर्माण कार्य मा काम गर्न मिल्दैन भन्दा पनि वडामा पैसा कमाउने काम दिनु पर्यो भनी जिद्वी गरे पछि आवेग मा आएर केही आपती जनक शब्द प्रयोग गर्न पुगे र जातिय आक्षेप लाग्ने शब्द मेरो मुख बाट खुसकियो त्यो मेरो नेत हैन। यस विज्ञप्ती मार्फत सबै मा र भक्त बहादुर राई लाई घरमा नै गएर स-परिवारमा माफी माग्ने प्रतिबद्वता व्यक्त गरेका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x