धरान, मंसिर १४ गते । अमेरिकी माइक्रो ब्लगिङ वेबसाइट ट्विटरको नयाँ प्रमुख कार्यकारी अधिकृत(CEO) नियुक्त भएकोछ।नयाँ अधिकृतमा पराग अग्रवाल नियुक्त भएका हुन्। सह- संस्थापक ज्याक डोर्सीले सीईओबाट राजीनामा दिएपछि अग्रवाललाई उक्त पदमा नियुक्त गरेएको हो । डोर्सीले सामाजिक सञ्जाल, ट्वीटमार्फत अग्रवाललाई सीईओमा नियुक्त गरिएको उल्लेख गर्दै सार्वजनिक गरेकाछन्।दोर्सी ‘ब्रेट टेलर’ कम्पनीको अध्यक्ष बन्नका लागि आफूले ट्विटरको सीईओबाट राजीनामा दिएको बताएकाछन्।

पराग अग्रवाल भारतबाट आईआईटी बम्बईका ग्र्याजुएट हुन् ।उनी सन् २०११ मा सफ्टवेयर इञ्जिनयरका रूपमा ट्विटरमा नियुक्त भएका थिए । डोर्सीले करीब १६ वर्षसम्म कम्पनीको सह- संस्थापक, सीईओ, अध्यक्ष, कार्यकारी अध्यक्ष, कार्यकारी सीईओलगायतका भूमिका निर्वाह गरिसकेका छन्।र अब आफूले स्थान छोडी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बेला आएको पनी बताएका छन् ।

पराग अग्रवाल निकै उत्सुक, तार्किक, रचनात्मक, महत्वाकांक्षी, जागरुक र विनम्र रहेको भन्दै डोर्सीले प्रशंसा गरेका छन् । पूरा विश्वको नजर अहिले ट्विटरमा रहेको नवनियुक्त सीईओ पराग अग्रवालले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x