पुष २८। भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण संक्रमण तीव्र हुँदै गएको छ । पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार ७ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

अहिलेसम्म ४ हजार ८ सय ६८ जनामा ओमिक्रोनको संक्रमण पुष्टि हुदा महाराष्ट्रमा सबैभन्दा बढी १ हजार २ सय ८१ जनामा ओमिक्रोन पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा सबैभन्दा बढी महाराष्ट्रमा ३४ हजार ४ सय २४ जनामा र राजधानीसमेत रहेको दिल्लीमा थप २१ हजार २ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । दिल्लीमा पोजिटिभिटी रेट २५.६५ प्रतिशत पुगेको छ

त्यस्तै पछिल्लो २४ घण्टामा ४४२ जनाको मृत्यु भएको छ भने ६० हजार ४ सय ५ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या करिब ९ लाख ५५ हजार रहेको छ ।

संक्रमण बढेसँगै भारतका विभिन्न राज्यमा कडा स्वास्थ्य मापदण्ड लागू गरिएको छ । दिल्लीमा अत्यावश्यक बाहेक सबै निजी कार्यालय बन्द गराइएको छ भने रेस्टुरेन्टहरूलाई होम डेलिभरी र प्याकिङको सेवा मात्र सञ्चालन गर्न भनिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x