पुष १८।भारतमा पछिल्लो २४ घन्टामा थप २७ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा कोरोनाबाट २८४ जनाको ज्यान गएको छ भने हाल भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख २२ हजार ८०१ पुगेको छ।

यस्तै,कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन १५ सय २५ जनामा संक्रमण पुष्टि भएको छ जसमध्ये ५६० जना डिस्चार्ज भएका छन् भने १ हजार जना सक्रिय संक्रमित रहेका छन्। भारतमा कोरोना र ओमिक्रोनक संक्रमण तीव्ररुपमा फैलिदै गएपछि कोरोना संक्रमण बढि देखिएको राज्यमा रात्रिकालीन कर्फ्यू जारी छ ।

स्वास्थ्य मन्त्रालयले अचानक बढेको कोरोना र ओमिक्रोनका बिरामीका कारण आगामी दिनमा स्वास्थ्य सेवामा समस्या आउन सक्ने भन्दै फिल्ड स्तरमा अस्पताल सिफ्ट गर्न निर्देशन दिएको छ। यसका साथै जिल्लास्तरमा पनि निगरानी सक्रिय गर्न निर्देशन दिइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x