धरान । सुकुम्बासी समस्या समाधान आयोगबाट प्रदेश नं. १ को धरै स्थानिय तहहरुमा दलित भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु लागत संकलन गर्ने कार्य संकलन भई सक्दा पनि धरान उपमहानगरपालिकामा किन काम शुरु हुन सकेन भन्ने विषयमा जन प्रतिनिधि, सुकुम्बासी संघ संस्थाका पदाधिकारी र सरोकारवाला अभियान्ताहरुले चासो देखाएका छन ।


धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलाई २०७७ चैत्र १७ गते धरान उपमहानगरपालिका १५ नं. वडाका वडा अध्यक्ष नरेश कुमार इवारमको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नगर प्रमुखको कार्य कक्ष्ँमा भेटी उक्त विषयमा जिज्ञासा राख्दै छलफल गरेका हुन ।
प्रतिनिधि मण्डलले राखेको जिज्ञासालाई सम्बोधन गर्दै नगर प्रमुख तिलक राईले यो कसैले कसै सग लुकाएर गर्ने काम नभएको धरान उपमहानगरपालिकाका २० वटा वडा समिति सरोकारवाला संघ/संस्थाहरुकै सहयोग र सहभागिता गरिने काम भएकोले लगत संकलनका लागि अपुग कर्मचारीको व्यवस्थापन र तालिम भईसकेको तर स्थानिय सहजीकरण समिति गठन गर्नका लागि राष्ट्रिय मान्यता प्राप्त राजनितिक दलहरुको बारेमा सर्वोच्च अदालतले गरेको फैशला अुनसार राष्ट्रिय मान्यता प्राप्त राजनितिक दलहरु थपिएको सत्तारुढ दल नेकपा (एमाले) बाट नारायण सुवेदी र सविता राईले हस्ताक्ष्ँर गरेको एउटै पार्टीको दुईवटा पत्र आएको, जिल्ला सुकुम्बासी समस्या समाधान आयोगबाट १२ हजार प्रति लगत फारम आवश्यक भएकोमा ३ हजार ५ सय प्रति फारम मात्र उपलब्ध भएकोले राजनितिक दलहरु स“ग केहि छलफल गरि बैधानिक प्रतिक्रया पुरा गर्नु पर्ने प्राविधिक कठिनाई भएकोले ढिला भएकोले काम शुरु गर्नका लागि ५ दिन समय दिनु पर्ने बताएका थिए ।


नगर प्रमुख राईले गरेको सम्बोधनलाई सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै प्रतिनिधि मण्डलमा सहभागिहरुले भूमिहिन सुकुम्बासी हरुको लगत संकलन र जग्गा धनी प्रमाण पुर्जा वितरण प्रक्रियामा कोहि कसैबाट असहयोग वा अवरोध भए कडा सडक आन्दोलनमा उक्रिन बाध्य हुने बताएका थिए ।


प्रतिनिधि मण्डलमा धरान उपमहानगरपालिका कार्यपालिका सदस्य एवंम् अव्यवस्थित सकुम्बासी व्यवस्थापन समितिकी अध्यक्ष हिरादेवी राई, निराजन वस्ती कल्याण समाजका सचिव लोकराज निरौला कोषाध्यक्ष डम्बर बहादुर गुरुङ, शिवगंगा वस्ती संरक्षण समितिका अध्यक्ष हरि राई, सूर्य बहादुर सुब्बा नेपाल बसोबास वस्ती संरक्षण समाजको सिता मगर, नेपाल महिला एकता समाजकी अध्यक्ष्ँ मैया श्रेष्ठ, सरोकारवाला अभियान्ता सुनिता राई, शिला राई, रामकुमार राई, कल्पना थापा मगर लगायत सहभागी रहेका थिए ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap