धरान । भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ ढाेककाे ३२ बर्षीय कोरोना संक्रमित पुरुषको आईतबार राती मृत्यु भएको छ । उनको पिसिआर परिक्षणको लागि नोवेल अस्पतालमा शुक्रबार स्वाव संकलन गरिएको थियो ।

आइतबार हिजो साझमा आएको रिर्पोटमा कोरोना पोजेटिभ पुष्टि भएको भोक्राहा नरसिंह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख आलम अन्सारीले बताए । उनमा कोरोनाको सामान्य लक्षण देखिएको थियो ।

आईतबार बेलुका बिराटनगरको अस्पताल लैजादा उनको आर्थिक अवस्था कमजोर भएको हुनाले अस्पतालमा भर्ना नलिएपछि बिराटनगरबाट फर्काएर घरमा ल्याएको थियो भने गएको आइतबार राती उनको मृत्यु भएको हो ।

उनको शव सोमबार व्यवस्थापन गर्नको लागि नेपाली सेना र आफन्त परिवारका सदस्यहरुले सुनसरी खोलामा शव व्यवस्थापन गरिने वडा अध्यक्ष ललित थापाले बताए।

कोरोना संक्रमित भएपनि भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना भएको स्वास्थ्य शाखा प्रमुख अन्सारीले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x