धरान । भोली शनिबार बिहान ९ बजेदेखि धरानमा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको धरान वितरण केन्द्रका अनुसार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।

केन्द्रका अनुसार ३३ केभी धरान सर्किटको टावर नं ४४ देखि ४८ सम्म कण्डक्टर वदली गर्नुपर्ने भएकोे धरान फिडर सटडाउन हुनेछ । जसले गर्दा धरान वितरण केन्द्र अन्तर्गत सेवा केन्द्र धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाको वड नं १ र २ मा लाइन अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । काम चाडै सम्पन्न भएमा तोकिएको समयभन्दा अघि नै लाइन सुचारु हुनेसमेत केन्द्रले जनाएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap