उर्लाबारी/प्रदेश १ सरकारले उर्लाबारी नगरपालिकास्थित मंगलबारे अस्पताललाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रूपमा नाम परिवर्तन गरे पनि आवश्यक स्तरोन्नति गर्ने काम भने अलपत्र छ ।


प्रदेश सरकारको घोषणा साविकको मंगलबारे अस्पतालको नाम परिवर्तन गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने कुरा अस्पतालको लेटरप्याड र छाप परिवर्तन गर्ने काममा मात्र सीमित बनेको छ । प्रदेश सरकारको २०७६ पुस २२ गते बसेको मन्त्रिपरिषद् बैठकले साविक १५ शय्याको अस्पताललाई विशेषज्ञ सेवासहितको ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकार मातहत ल्याउने निर्णय गरेको थियो । सोही अनुसार अस्पतालको नाम परिवर्तन गरिएको छ । तर, अहिले पनि साविक १५ शय्याको अस्पतालका जनशक्तिबाटै स्वास्थ्य सेवा सञ्चालनमा रहेको छ । आवश्यक चिकित्सकको अभावमा भएका उपकरण पनि त्यसै थन्किएका छन् ।

उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर

सरकारको निर्णय एक वर्ष पूरा भए पनि त्यसका लागि अस्पतालको शय्या वृद्धि र आवश्यक जनशक्ति पदपूर्ति गर्ने काम पनि हुन नसकेको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. योगेश मण्डलले बताए । अस्पताल अहिले पनि निमित्त सुपरिटेन्डेन्टको भरमा चल्दै आएको छ ।
प्रदेश सरकारले प्रदेशकै गौरवको आयोजनाको रूपमा अत्याधुनिक प्रविधि र उपकरणसहित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रूपमा विकास एवम् स्तरोन्नति गर्नका लागि १ करोड रुपैयाँ बजेट छुट्याएको थियो । मेडिकल सुपरिटेन्डेन्ट मण्डलले सरकार ५० शय्याको अस्पतालसहितको ट्रमा सेन्टरका रूपमा विकास एवम् स्तरोन्नति गर्ने भने पनि पुरानै अवस्थाका भरमा अस्पतालबाट सेवा सञ्चालन गर्न बाध्य भएको बताए ।


उनले सरकारको निर्णय अनुसारको योजना कार्यान्वयनमा अहिलेसम्म जान समेत नसकेको बताए । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा रूपान्तरित अस्पताल करार सेवाका चिकित्सकको भरमा सञ्चालन हुँदै आएको छ । दरबन्दीका चिकित्सक नभएका कारण सेवा प्रवाह अनुसार अस्पतालको स्तर वृद्धि नहुँदा बिरामी घण्टौंसम्म पालो कुर्न बाध्य छन् ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap