धरान ।  मकवानपुरको मनहरि गाउँपालिका–७ को रमौलीमा २० बिघा जमीनमा मदन भण्डारी स्मृति खेलकूद मैदानका साथै आवश्यक पूर्वाधार निर्माण शुरु भएको छ । पहिलो चरणमा खेलकूद मैदानको परिसर निर्माण शुरु भइरहेको छ । पश्चिमी क्षेत्रको सबैभन्दा ठूलो खेलकूद मैदानका रुपमा यसलाई विकास गर्न लागिएको जनाइएको छ ।

गाउँपालिकाले जग्गा उपलब्ध गराई विस्तृत परियोजना प्रतिवेदन तयार गरेपछि मैदान निर्माण प्रारम्भ भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकरी दिए। मैदान निर्माणका लागि वाग्मती प्रदेश सरकारले रु ४० लाख तथा सङ्घीय सरकारले रु ३० लाख उपलब्ध गराएका छन् । मैदान पूर्वाधार निर्माण पूरा गर्न रु ५४ करोड लाग्ने जनाइएको छ । (रासस/FilePhoto)

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap