पुष १८। पाल्पामा मलामी जाँदै गरेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएसङ्गै ८ जना घाइते भएका छान् ।आज पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना भएको हार्थोक प्रहरी चौकीका प्रमुख विष्णु रेग्मीले जानकारी दिए ।

लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।स्थानीयका अनुसार बसमा करिब ३५ जना मलामी सवार थिए । घाइते भएकालाई प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला सदरमुकाम तानसेन पठाएको छ। बाँकी यात्रुको अवस्था सामान्य रहेको जनाइएको छ।

प्रहरी र स्थानीयसहितको टोलीले घाइतेको उद्धार कार्य गरे । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । चार वटा शव बाहिर देखिएको र तीनवटा शव दुर्घटनाग्रस्त बसले च्यापेकाले जेसीभी झिकाएर निकाल्ने तयारी गरेको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x