पुष ३०। कोरोना भाइरस (कोभिड-१९) को महामारीका बीच पनि आन्तरिक उडानमा सर्वाधिक यात्रुले हवाई यात्रा गरेको रेकर्ड कायम भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांक अनुसार सन् २०२१ मा कुल ३५ लाख ९ हजार ७ सय १८ जना यात्रुले आन्तरिक तर्फ हवाई यात्रा गरेका छन् जुन आन्तरिक तर्फ अहिलेसम्मकै उच्च संख्या हो । सन् २०२० मा हवाई यात्रा सबैभन्दा बढी खुम्चिएको थियो । सो वर्ष कडा लकडाउनको सामना गरेका वायुसेवा कम्पनीले त्यसपछि खुलेको समयमा यात्रु आकर्षित गर्न आकर्षक प्याकेज ल्याए।

यति एयरलाइन्स र बुद्ध एयरले आन्तरिक ट्राभल प्याकेज नै ल्याएर यात्रु आकर्षित गरे। यसको प्रभाव आन्तरिक उडानमा देखिएको छ । सन् २०२० मा मात्र १४ लाख ५७ हजार ५ सय ३९ यात्रुले यात्रा गरेका थिए । त्रिभुवन विमानस्थलबाट १७ लाख ९१ हजार १ सय ४५ यात्रु बाहिरिएका थिए भने १७ लाख १८ हजार ५ सय ७३ जना यात्रु काठमाडौं भित्रिएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x