धरान (संगिता राई) । अनेरास्ववियु (माधव समुह) महेन्द्र बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रशासनको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी लगाएको छ ।

आईतबार विद्यार्थीहरूको पढ्न पाउने हक अधिकार सुनिश्चितताको लागि २४ घण्टाभित्र स्थगित गरिएका अनलाइन कक्षाहरू सञ्चालनको माग गर्दै अनेरास्ववियु क्याम्पस इकाई कमिटिले क्याम्पस प्रशासनमा अनिस्चितकालिन तालाबन्दी लगाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटीले यस विषम परिस्थितिमा विद्यार्थीहरूका पाठ्यपुस्तकको अभाव देखिएकाले क्याम्पस प्रशासनले तत्काल विद्यार्थीहरूलाई आवश्यक पाठ्यपुस्तक तुरुन्त उपलब्ध गराउनु पर्ने, अन्यथा क्याम्पस प्रशासनले यस मुद्दाको सुनुवाइ र समाधान तोकेको समयभित्रमा कुनै पनि कदम नचालेमा हामी विद्यार्थीको हकहित सुनिश्चितताको निमित्त जुनसुकै सङ्घर्षका कार्यक्रम अगाडि बढाउन बाध्य हुनेछौँ, जसको नकारात्मक प्रभावको सम्पूर्ण जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्नेछ ।’

कोरोनाको महामारीमा भौतिक रुपमा कक्षा सञ्चालन भएको छैन । महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरुले अनलाईन माध्यम मार्फत अध्ययन गरिरहेका थिए । तर क्याम्पस प्रशासनले अहिले अनलाईन कक्षा बन्द गरेपछि अनेरास्ववियुले क्याम्पस प्रशासनमा तालाबन्दी गर्न बाध्य भएको विज्ञप्तीमा उल्लेख छ । उनीहरुले विज्ञप्तीमार्फत तत्काल सबैको अनलाईन कक्षालाई पुनः सुचारु गर्न ध्यानाकर्षण गराएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x