पुष ३०।माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने निर्वाचन आयोगले बताएको छ ।

शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन्।आयुक्त थपलियाले निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्कि सकेको भन्दै माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा गर्नुपर्ने बताएका हुन् ।

प्रवक्ता पौडेलका अनुसार आयोगले निर्वाचन कानुन अनुसार २०७४ जेठ ६ गतेबाट स्थानीय तहका पदाधिकारीको कार्यकाल गणना हुने भनी दलहरुलाई जानकारी गराएको थियो। निर्वाचन मितिका विषयमा छिट्टै सरकारसँग पनि छलफल गर्ने बताइएकोछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x