धरान । धरान १२ स्थित हिमालयन मेघा कलेजले बास्केटवल खेलाडिहरुलाई चारवर्र्षे विविएस अध्यनका लागि छात्रवृतिm प्रदान गरेको छ । कलेजले शुक्रवारएक कार्यक्रमको आयोजना गरि धरान बास्केटवल संघ, सुनसरी बास्केटवल संघ, कलेजका पदाधिकारी, खेलाडिका अभिभावक र खेलाडी विच लिखित संझौता गरेर छात्रवृतिm प्रदान गरेका हुन । कलेजले धरानका नौ जना बास्कटेवल खेलाडिहरुलाई छात्रवृतिm प्रदान गरेका छन । उनिहरु भर्खरै मात्र वाह्र कक्षा उतिर्ण भएका विद्यार्थी हुन । छात्रवृतिm प्राप्त गर्ने खेलाडिहरुमा सरोज राई, अभिमान राई, सन्दिप राई, विधान राई, मौसम राई, सन्तोष तामाङ्ग, सविन राई, दिवस राई र एमन राई रहेको छ । बास्केटवल संघले सिफारिस गरेका खेलाडी विद्यार्थीहरुलाई कलेजले छात्रवृतिm प्रदान गरेका हुन । यस अघि अभिमान राई, एमन राई, सन्तोष तामाङ्ग, दिवस राई लगायत ११ र १२ कक्षामा समेत छात्रवृतिm प्राप्त खेलाडी हुन ।
एक दशक अघि देखि नै संघले उत्कृष्ट विद्यार्थी खेलाडिहरुलाई सिफारिस गरि धरानका विभिन्न कलेजमा अध्यनका लागि छात्रवृतिm प्रदान गरे पनि केहि वर्ष देखि लिखित रुपमै संझौता गर्न थालिएको कार्यक्रमका प्रमुख अतिथि नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले वताए । यस पटक देखि पहिलो पटक व्याचलर लेवलमा पनि लिखित रुपमा संझौता सुरु गरिएको लामाले जानकारी गराए । बास्केटवल खेलमा निरन्तर सहयोग र सहकार्यको लागि हिमालयन मेघा कलेज परिवारलाई संघको तर्फ वाट धन्यवाद दिएका थिए ।
छात्रवृतिm खेलाडीहरुले अनुशासित भइ कलेजको नियम पालना गर्दै अध्यन र खेल दुवैलाई अगाडि वढाउन पर्नेछ । यदि संझौता भन्दा वाहिर गएमा संझौता स्वत भंग हुने र छात्रवृतिm खारेज हुने संझौता पत्रमा उल्लेख गरिएको छ ।
विद्यार्थी भाइवहिनिहरुमा भएको अतिरिक्त क्षमता तथा क्रियाकलापलाई प्रोत्साहन गर्नका लागि पनि कलेजले छात्रवृतिm योजना ल्याएको कलेजका अध्यक्ष कैलाश लिम्वुले वताए । कलेजले बास्केटवल खेल मात्र नभएर विद्यालय स्तर वाट नै फुटवल, भलिवल, टेवलटेनिस, नृत्य जस्ता अतिरिक्त क्रियाकलापहरुमा क्षमता भएका विद्यार्थीहरुलाई प्रोत्साहन गर्दै आइरहेको जनाए । प्लेगु्रप देखि कलेज लेवल सम्म नै अध्यपन हुने हिमालयन मेघा कलेजमा आउदो वर्ष देखि कक्षा ११ को अध्यन समेत सुरु हुने अध्यक्ष लिम्वुले जानकारी गराएका छन । कार्यक्रममा कलेजका विविएस कोअर्डिनेटर चन्द्र वनेम, एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, प्रदेश १ बास्केटवल टिम कप्तान नविन राई, प्रशिक्षक रन्जित लिम्वु, हेमन राई, युगल लिम्वु लगायतको उपस्थिति रहेको थियो ।