धरान (संगम बिस्ट)। बराहक्षेत्रका न्यू संगिता मेडिकलका प्रोपाइट सुरेन्द्र प्रसाद गुप्ताले बराहक्षेत्र नगरपालीकालाई स्वास्थ्य साम्रागी प्रदान गरेका छन् । कोरोना भाइरस न्यूनिकरण गर्न उदेश्यका साथ तथा नगरवासीहरुलाइ स्वास्थ्य साम्रागीको अभाव नहोस भन्ने उदेश्यका साथ गुप्ताले आज नगरपालिकालाई स्वास्थ्य साम्रागी प्रदान गरेका हुन्।

न्यू संगिता मेडिकलकाको पहलमा बिरगंजको आर्या फ़ार्मा ल्याब मोरङ्गको कश्यप ऋषि आयुर्वेदद्वारा नगरपालिकालाई स्वास्थ्य साम्रागी हस्तान्तरण गरिएको हो। संगिता मेडिकलको ७५ हजार , आर्या फ़ार्मा ल्याबले उपल्बध गराएको १ लाख १३ हजार २ सय वरावरको अंषधी र कश्यपऋषि आयुर्वेद उपलब्ध राएको ७२ हजार बरावरको सेनिटाइजर लगायत स्वास्थ सामाग्री नगरपालिकालाई हस्तान्तरण समेत गरिएको छ ।

नगरपालिकाको प्राङ्गणमा भएको हस्तान्तरण कार्यक्रममा नगर प्रमुख निलम खनालले स्वास्थ्य साम्रागी ग्रहण गरेका थिए । हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशाशकृय अधिकृत राजेशप्रसद प्रोखरेल, जनस्वास्थ्य निरीक्षक उमेश मेहता, न्यु संगिता मेडिकल हलका प्रोपाइट सुरेन्द्रप्रसाद गुप्ता , दिपक अधिकारी , आर्या फार्माका सेल्स मेनेजर दुर्गा भट्टराई , एरिया मेनेजर बिकेश पोखरेल , बजार प्रतिनिधि केशब भट्टराई लगाएको उपस्थिति रहेको थियो ।

मेयर खनालले स्वास्थ्य साम्रागी दिदै लकडाउनको समय नगरपालिकालाई प्रत्यक्ष आएर सहयोग गरेकोमा धन्यवाद समेत दिएका थिए। नगरबासीहरूलाई स्वास्थ्य पोर्टोकल पुरा गर्नु अनुरोध गर्दै सुरक्षित रहन आग्रह समेत गरेका थिए।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap