पुष १६।अतिरिक्त शुल्क विरुद्ध मेडिकल कलेजहरूमा भइरहेको विद्यार्थी आन्दोलनप्रति सत्तारुढ विद्यार्थी संगठनहरूले ऐक्यवद्दता जनाएका छन् ।

मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरीत आफू खुसी शुल्क वृद्धि गरेकोमा संगठनका नेताहरूले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विद्यार्थी संगठनले जारी गरेको पत्रमा लेखिएकोछ ‘राज्यले तोकेभन्दा बढी विद्यार्थीहरूबाट आफूखुसी विभिन्न बहानामा लाखौं रुपैयाँ नाजायज शुल्क लिएको गुनासो आएको र मणिपाल मेडिकल कलेज पोखरा, काठमाडौं मेडिकल कलेज, नोवेल मेडिकल कलेज मोरङमा विद्यार्थी आन्दोलित भएकोप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको ।
संयुक्त विद्यार्थी संगठनले चिकित्सा शिक्षाका विद्यार्थीहरूलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन जोडदार माग समेत गरेको छ । यदी विद्यार्थीका माग सुनुवाइ नभएमा संयुक्त विद्यार्थी संगठनले आन्दोलन गर्ने र यसबाट उत्पन्न हुने परिणाम स्वयं कलेजले भोग्नुपर्ने भन्दै चेतावनी समेत दिइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x