धरान । धरानका मेयर तिलक राईले वडा नं. १३ स्थित रहेको आधारभूत स्वास्थ्य चौकी भवन र अम्मर बस्ती ‘ख’को धनकुटे सडक जोड्ने करिब २० मिटर सडक खण्डको स्थलगत निरीक्षण गर्नु भएको छ ।

बुधवार मेयर राईसहितको टोलीले आधारभूत स्वास्थ्य चौकी भवन र अम्मर बस्ती ‘ख’को निर्मित कल्भर्टदेखि धनकुटे सडक जोड्ने सडकको निरीक्षण गर्नु भएको हो । मेयर राईले उक्त सडकलाई धनकुटे रोडसम्म जोड्नका केही बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । निरीक्षणको क्रममा स्वास्थ्य चौकी भवनलाई पनि व्यवस्थित बनाउनका पहल गर्ने उहाँले बताउनुभयो ।

साथै वडाध्यक्ष नेत्र प्रसाद काफ्ले बाल सञ्जालका लागि भवन निर्माण बारे मेयर सँग सामान्य छलफल गर्नु भएको थियो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap