धरान । धरान उपमहानगरका मेयर तिलक राईले फागुपूर्णिमा अर्थात् होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

मेयर राईद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने नेपालीहरुको अति प्रिय अनि विशिष्ट रंगहरुको पर्व फागुपूर्णिमा अर्थात् होली पर्वको उपलक्ष्यमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण धरानबासी दिदिबहिनी तथा दाजुभाईहरुमा शुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । होली पर्वले समाजमा विद्यमान आपसी भाईचारा र सद्भावलाई थप बलियो बनाउने विश्वास लिएको छु ।”

उहाँले सुरक्षित तरिकाले होली पर्व मनाउन आग्रह गर्नु भएको छ । “पुनः कोरोना भाइरसका संक्रमण बढीरहेको अवस्था छ । भीडभाड गरेर फागु मनाउँदा वा जमघट गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस प्रवेश गर्ने सम्भावना रहेकोले सम्पूर्ण नगरबासीलाई स्वास्थ्य सचेतना अपनाउन पनि आग्रह गर्दछु,” मेयर राईद्वारा शुभकामना सन्देशमा उल्लेख छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x