धरान । धरानका प्रमुख तिलक राईले धरान १३ स्थित श्री पब्लिक मा.वि. फुस्रेको नवनिर्मित विद्यालय भवनको शिल्यानास गर्नु भएको छ ।

मङ्गलबार प्रमुख राईले बन्न लागेको भवनको शिलान्यास गर्नु भएको हो । संघीय सरकारको विद्यालय निर्माण बिशेष अनुदान र उपमहानगरको पहलमा नयाँ भवन बन्न लागेको हो । आले निर्माण सेवा पाँचथरले १ करोड २७ लाख १० हजार लागतमा ठेक्का पाएको छ । निर्माण कम्पनीले आगामी असार मसान्त भित्र ९ वटा कोठा भएको ३ तले भवन निर्माण सम्पन्न गर्नुपर्ने छ । २०७२ सालको महाभुकम्पले क्षति पुगेर धरान १३ फुस्रेस्थित पब्लिक माविको भवन जीर्ण अवस्थामा थियो । जीर्ण अवस्थाको विद्यालयमा करिब ५ बर्षपछि नयाँ भवन बन्ने भएको छ ।

मेयर राईले विद्यालय भवन निर्माणको काम समयमै सक्न ठेकेदार र निर्माण कम्पनीलाई आग्रह गर्नु भएको छ । धरानको स्कुलहरु पुराना र जीर्ण हुँदै गएको भन्दै मेयर राईले भौतिक संरचनाहरु पुर्ननिर्माण गर्न आवश्यक भएको बताउनुभयो । भौतिक संरचना, ड्रेस, पाठ्यक्रम र शिक्षकहरुमा गुणस्तर बढेको कारण सामुदायिक विद्यालयहरुम विद्यार्थीको आर्कषण बढेको पनि बताउनुभयो ।

उपमेयर मञ्जु भण्डारी सुवेदीले एक्लैको प्रयासबाट मात्र नभई सबैको सामुहिक प्रयासमा विद्यालय भवन निर्माणको काम सुरु भएको बताउनुभयो । उहाँले पनि धरानका सबै सामुदायिक स्कुलहरुको भौतिक संरचनाहरु पुननिर्माण गर्नु पर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनसेवक भण्डारीले उपमहानगरपालिकाको पहलमा भवन निर्माण हुन लागेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

वडाध्यक्ष नेत्र काफ्लेले पनि भवन निर्माणको काम द्रुत गतिमा गरेर समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो । अध्यक्ष काफ्लेका अनुसार २०७२ मा भुकम्पले क्षति पुगेको जीर्ण भवनलाई आर्थिक बर्ष २०७६÷७७ मा प्रदेश १ का सभामुख प्रदिपकुमर भण्डारीले ५० लाख बजेट विनियोजन गरेका थिए । उक्त बजेटबाट ४ कोठाको भवन निर्माण भइसकेको छ । मंगलबार शिलान्यास भएको भवन भुईतलामा ३ कोठा, बीचमा ३ कोठा र तेस्रो तलामा ३ कोठाको हुनेछ । विद्यालयका प्रध्यानाध्यापक पुरुषोत्तम निरौलाका अनुसार हाल उक्त विद्यालयमा ४ सय ४५ जना विद्यार्थीहरु रहेको जानकारी दिनुयभयो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap