पुष १९। उर्लाबारिमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।मोरङको उर्लाबारी–४ मा प्र १–०२–०४७ प १८१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिएका हुन्।

डिएसपी तिम्सिनाका अनुसार मृत्यु हुनेमा उर्लाबारी–१ टप्पु बस्ने वर्ष २८ को विजय शर्मा रहेका छन् ।बक्राहा पुल नजिकै पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–०४७ प १८१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ।

गम्भीर घाइते शर्माको दुर्घटना पस्चात अरनिको अस्पताल उर्लाबारी लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बिएण्डसी अस्पताल लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x