एजेन्सी । शासनसत्ता हातमा लिएको म्यानमारको सेनाले संयमता अपनाउन सबैसँग आह्वान गरेको छ । सैन्य कू प्रति त्यहाँका नागरिकहरूले प्रदर्शन झन् चर्काउँदै लैजान थालेपछि सेनाले संयमता अपनाउन आह्वान गरेको हो ।

देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाको ठहर छ । सेनाले विज्ञप्तिमार्फत देशभरि भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको भन्दै संयमता अपनाउन आग्रह गरेको हो । सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा देशभर प्रदर्शन भइरहेको छ ।

म्यानमारको सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानुनको पालना सुनिश्चित गर्न पनि सबैसँग आग्रह गरेको छ । प्रदर्शनकारीले स्टेट काउन्सीलर तथा चर्चित प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् । म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका धेरै नेताहरूलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो । सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर आफैँ चुनाव गराउने भन्दै एक वर्षका लागि सङ्कटकालसमेत घोषणा गरेको छ ।
गएको नोभेम्बरमा भएको चुनावपछि गठित नयाँ संसद् र त्यसपछिका प्रक्रियाप्रति सेनाले असन्तुष्टि जनाउँदै आएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x