भित्रको नारी मैले त्यो दिन आभास गरें जब उमेरले १३ वर्ष नाघेको थियो, अनि मेरो स्कर्टको
पछाडी रातो रङ देखें त्यो रङ जसले मलाई बालिकाबाट किशोरी बनाउँदै थियो अनि भविष्यमा आमा बनाउने संकेत दिदै थियो , त्यो रातो रङ जो हर्ष र उल्लाशको प्रतीक मनिन्छ तर दुर्भाग्य आज त्यही रङ मेरो लागि अपवित्रता र अभिशाप हुँदै थियो ।। साच्चिकै नारी हुन कति गाह्रो छ है? हिजोसम्म बाबाको काखमा लडीबुडी खेल्ने म, आज छि छी, दुरदुर हुँदै थिए। परिवारसँग सँगै डाइनिंग टेबलमा खाने म, आज एक्लै त्यो चिसो कोठाको भुईमा खान बाध्य भए ।
सबै बन्देजहरु मानी नै रहेकी थिए तर पीडाको पराकाष्ठा त त्यो दिन नाघ्यो जब भाइटिकामा एकमात्र भाइलाई टिका लगाउन मेरै शरीरको रगत अपवित्र भयो, मेरै हात अपवित्र भए मेरो भाइको निधार रंगाउन।। मेरो शरीरको रगत त त्यो ५० रुपैयांको प्याडले सोसि नै रहेको थियो,
तर समाजले दिएको अन्धविश्वास कुन चाहिँ प्याडले खप्नु ?

नाम : कविता वन उमेर : १७ वर्ष
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
1 कमेन्ट गर्नुहोस्
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
kabita ban
kabita ban
1 month ago

धन्यवाद Everest Daily news

1
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap