धरान, मंसिर १३ गते । कोरोना नयाँ भेरियन्ट,ओमिक्रोन फैलिदै गएको कारण विश्वभरका थुप्रै देशहहरु,नेपाल लगायतले दक्षिण अफ्रिका र उसका छिमेकीविरुद्ध यात्रा प्रतिबन्ध लगाएका छन्।
दक्षिण अफ्रिकी राष्ट्रपतिले भने कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनका कारण आफ्नो देश र छिमेकीहरूविरुद्ध याात्रा प्रतिबन्ध लगाउने कदमको आलोचना गरेका छन्।

सिरिल रामापोसाले यात्रा प्रतिबन्धको कदमलाई अनुचित भन्दै तत्काल हटाउन आह्वान गरेका छन् ।यात्रा प्रतिबन्ध लगाएका कारण आफू गहिरो रूपमा निराश भएको पनि उल्लेख गरेकाछन्।दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाउनेमा अमेरिका, युके, युरोपेली संघलगायत अन्य देशहरू रहेका छन्।

ओमिक्रोनलाई चिन्ताजनक भेरिअन्ट भनिएको छ। प्रारम्भिक प्रमाणहरूले उक्त भेरिअन्टमा सङ्क्रमणको जोखिम उच्च रहेको समेत बताइएको छ।अति उत्परिवर्तित यो भेरिअन्ट यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको थियो ।त्यसबारे गत बुधवार विश्व स्वास्थ्य सङ्गठन (WHO) लाई जानकारी गराइएको थियो

दक्षिण अफ्रिकाको धेरै जनसङ्ख्या रहेको खाउतेङ प्रान्तमा विगत दुई सातामा यो भेरिअन्ट धेरै देखिएको थियो रभने अहिले अन्य प्रान्तमा पनि देखिएको छ।डब्लुएचओले देशहरूले हतारमा यात्रा प्रतिबन्ध लगाएकोबारे सचेत गराउँदै ती देशहरूले निर्णय गर्दा जोखिम र वैज्ञानिक आधार हेर्नुपर्ने सुझाएकोछ। यद्यपि, यो नयाँ भेरिअन्टबारे चिन्ता बढिरहँदा हालैका दिनमा थुप्रै प्रतिबन्धहरू लगाइएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x