नवराज भट्टराई । उर्लाबारी । मोरङको उर्लाबारीमा युवालाई लक्षित गरी शनिबार शेयर कारोबार सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ उर्लाबारीको आयोजना तथा अग्रवाल सेक्युरिटीज प्रालि विराटनगरको सहयोगमा शेयर सम्बन्धी परामर्श कार्यक्रम भएको हो ।

कार्यक्रममा उर्लाबारी र यस आसपासका युवाहरुको सक्रिय सहभागीता रहेको थियो । शेयर कारोबारमा युवाहरुको लगाब बढ्दै गएको कार्यक्रममा सहभागिताले प्रष्ट पारेको रोट्रयाक्ट क्लब अफ उर्लाबारीका अध्यक्ष सञ्जय बाहेतीले बताए । उनका अनुसार अहिले चर्चामा रहेको शेयर कारोबारमा लाग्न इच्छुक युवालाई लक्षित गरी कार्यक्रम गरिएको हो ।

सो अवसरमा अग्रवाल सेक्युरिटीज प्रालि विराटनगरका विनोद अग्रवालले सहजीकरण गरेका थिए । यस्तै, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, रोटरी क्लब अफ उर्लाबारीका संस्थापक अध्यक्ष विष्णु ओली, शेयर व्यवसायी गंगा बास्तोलालगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा २ सय बढीको सहभागिता रहेको अध्यक्ष बाहेतीले बताए । सामाजिक कार्यमा सक्रिय क्लबले यसअघि रक्तदान, न्यानो अभियान अन्तर्गत लुगा वितरणलगायतका कार्य गरेको उनले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap