धरान (सारादा श्रेष्ठ) । “भोकलाई भोजन,प्यासीलाई पानीू अभियान अन्तर्गत ” जय माहाकाल” युवा समूहले देशका विभिन्न ठाउँमा खाद्यान्न सामाग्री तथा खाजा वितरण गर्दै आइरहेको छ। निषेधाज्ञाको गार्हो अवस्थामा कोही पनि भोकै बस्न नपरोस् भन्ने उद्देश्यका साथ सुरु गरिएको अभियानले पछिल्लो समयमा निकै प्रशंसा बटुल्दै आइरहेको छ।

काठमाडौँमा मात्र दैनिक २५०० देखि ३०००सम्मलाई खाना उपलब्ध गराउँदै आएको धरान शाखाका संयोजक तथा समाजसेवी राजु विश्वकर्माले एभरेष्ट डेली मिडियालाई बताउनु भयो।आर्थिक स्थिति कमजोर भएकाको घर( घरमै गई उक्त समूहले खाद्यान्न सामग्री वितरण समेत गर्दै आएको छ।साथै,निषेधाज्ञाको बेला जनताका सेवामा खटिएका नेपाल प्रहरी,ससत्र प्रहरी लगायतलाई खाजा तथा पानी पनि वितरण गर्दै आएको विश्वकर्माले जानकारी दिनु भयो।

जय महाकाल युवा संस्थाको स्थापना २०७६ सालमा काठमाडौंमा भएको हो।हालसालै भने उक्त संस्थाको शाखा धरानमा पनि खोलिएको छ।धरानस्थित सो संस्थाले पनि गत केही दिनदेखि सेवा गर्दै आइरहेकोछ।छोटो समयमा निकै लोकप्रियता प्राप्त गरेको संस्थाले अहिले भने आफ्नै कोषको खर्च गर्दै आएको छ।कोही कसैले आर्थिक तथा खाद्यान्न सहयोग गर्न चाहेमा संस्थासँग सम्पर्क गर्न सकिनेछ।धरान संयोकको संपर्क नं : 9827339586

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap