धरान । नेपाली राजनितिमा पहिलो पटक जातिय जनसंख्याको मुद्दा उठाउने पहिलो पार्टीको रुपमा २०४८ सालमा स्थापित राष्ट्रिय जनमुक्ति पार्टीले जेठ महिनाको ५ ,६ र ७ गते धरानमा छैठौं महाधिवेशन गर्ने जानकारी अाज अाईतबार धरान १२ स्थित होटेल पुर्वेलिमा एक पत्रकार सम्मेलनमा दिएकाछन ।


पार्टीको महाधिवेशनको तयारिबारे जानकारी दिदै राजपाका केन्द्रीय अध्यक्ष केपि पालुङवाले पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेता पनि पार्टीले अाफ्नो मुद्दामा पछि नहटेको बताउदै थपमा पालुङवाले ३ दिने महाधिवेशनमा ७७ शाखा लगायत देश विदेशबाट गरि अनुमानित झण्डै ६ सयको हाराहारीमा प्रतिनिहरुको सहभागी हुने बताए ।


उक्त अधिवेशनमा एम एस थापा मगरको प्रमुख अातिथ्यता रहने बताउदै अध्यक्ष पालुङवाले ठुला पार्टीको एक अापसि झगडाको कारण हाल जनमुक्ति पार्टी फेरि बलियो बन्नुको साथै केपि अोलिको सरकार असफल रहेको र नेकपा माओवादि र नेपाली काँग्रेसलाई पनि जनताले प्रतिपक्षमा बस्न म्याण्डेट मात्र दिएको हुँदा अब सर्वदलिय र सर्वपक्षीय सरकार गठन गरेर चुनावमा जानू भन्दा अन्य विकल्प नरहेको समेत बताए। उक्त कार्यक्रम संचालन केन्द्रीय सचिव विष्णु थाम्देन लिम्बूले गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap